राज्य व्यवस्थाप्रति कुनै खतरा छैनः पुष्पकमल

५ असोज, विराटनगर ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राजनितिक परिवर्तन र लोकतान्त्रिक राज्य व्यवस्थाप्रति कुनै तहबाट खतरा नरहेको दाबी गरेका छन् । ।संघीय लोकतान्त्रिक व्यवस्थाप्रति भने समान्य खालका अराजक र उछृङ्खल गतिविधि हुन थालेको भन्दै त्यसको प्रतिवाद गर्नु पर्नेमा भने अध्यक्ष दाहालले जोड दिए ।

Advertisement

विराटनगर विमानस्थलमा आज स्थानीय सञ्चारकर्मीहरुसंगको कुराकानीमा पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले कुन समूह वा व्यतिmबाट सिष्टमप्रति अराजक र उछृङ्खलल गतिविधि भईरहेको छ,भन्ने बारे भने खुलाएका छैनन् । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनितिक दलसमेत एकै ठाँउमा रहेको दाबी समेत गरे ।

उनले अराजनक गतिविधि गर्नेलाई सिंगो पार्टी नेपाली काग्रेसले सधाएको आफुहरुले औपचारिक रुपमा जानकारी नपाएको बताउदै केही व्यतिmहरु गर्ने कुरा अलगै भएको बताए । दाहालले भष्ट्राचार बिरुद्ध भने अहिले पार्टी र सरकार आफैँ अघि बढीरहेको पनि जानकारी दिए । सरकारको काम र पार्टीको काम दुबै समिक्षा गरिरहेको भन्दै नयाँ चिराबाट गतिदिने कुराकानी भईरहेकोले निकट भविष्यमा नै काम र परिणामहरु देखिने दाबी गरे ।

Advertisement

उनले मन्त्रीमण्डल पुर्नगठित हुने कुरा नसोधिदिन संचारकर्मीसंग आग्रह समेत गरेका छन् । ‘मन्त्री मण्डल पुर्नगठन गर्ने नगर्ने भन्ने कुरा प्रधानमन्त्री ज्युको प्रोयोगेटिभको कुरा हो,अध्यक्ष दाहालले भने,‘मलाई यो कुरा नसोधि दिनुहोस? मलाई यो कुराले हैरान पारेको छ।प्रधानमन्त्रीले चाहेको बोला मन्त्रीमण्डल पुर्नगठन हुन्छ,नचाहदा सम्म हुदैन ।

संचारकर्मीले प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा राखेको जिज्ञासामा अध्यक्ष दाहालले प्रधानमन्त्रीको स्वास्थ्य समान्य रहेको दाबी गरे । संविधान दिवसका दिन सरकारमा रहेका पार्टीका नेता कार्यकर्ताले संविधान जलाएको बिषयमा छलफल भईरहेको बताए । तर उनले हिजोका दिनमा कालो दिवस भन्नेहरुमा न समर्थन न विरोध भन्ने ठाँउमा भने आएको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top