इन्डोनेसियामा प्रस्तावित विधेयकविरुद्ध व्यापक विरोध प्रदर्शन

८ असोज, एजेन्सी । इन्डोनेसियामा सरकारले ल्याएको एउटा विधेयकको विरोधमा व्यापक प्रदर्शन भइरहेको छ ।

प्रस्तावित विधेयकमा विवाहपूर्व यौनसम्बन्धलाई गम्भीर अपराध मानिएको छ । गर्भपतनमा पनि विधेयकले कडाइ गरेको छ ।

Advertisement

विधेयकको विरोधमा इन्डोनेसियामा हजारौंले प्रदर्शन गरेका छन् । विरोध प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा तथा अश्रुग्यास प्रयोग गरेको भए पनि प्रदर्शनकारी सडकमा डटेर सरकारविरुद्ध नारावाजी गर्दै आएका छन् ।

Advertisement

बढ्दो विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले विधेयकमाथिको मतदानलाई स्थगित गरेको छ । राष्ट्रपति जोको विडोडोले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै मतदान शुक्रबारसम्मका लागि स्थगित गरेका हुन् ।

विरोध प्रदर्शनकारी भने उक्त विधेयक फिर्ता लिनुपर्ने माग अघि सार्दै प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले कुनै न कुनै रुपमा सरकारले विधेयक पारित गर्ने आशंका गर्दै आएका छन् ।

राजधानी जकार्तामा प्रदर्शनकारीले सभामुखसँग भेट्न पाउनुपर्ने माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेका छन् । ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

यसैविच, प्रस्तावित विधेयकमा विवाहपूर्व यौनसम्बन्धलाई दण्डनीय अपराध मानिएको छ । यस्तो कसुरमा एक वर्ष जेल सजायको प्रावधान राखिएको छ ।

 

विवाहपूर्व युवा–युवती सँगै बस्नु, ‘लिभ इन रिलेशनसीप’ सम्बन्ध अपनाउनु पनि अपराधको श्रेणीमा राखिएको छ । यस्तो कसुरमा ६ महिनासम्म जेल सजाय हुन सक्नेछ ।

विधेयकमा राष्ट्रपति, उपराष्ट्रपति, धर्म, सरकारी संस्था र राष्ट्रिय प्रतीक (झण्डा, राष्ट्रगान आदि) को अपमान गर्नु गैरकानुनी मानिएको छ ।

विधेयकले गर्भपतनलाई दण्डनीय अपराध मानेको छ । बलात्कार र चिकित्सकीय मामलाबाहेक अन्य परिस्थितिमा गर्भपात गराएमा चार वर्ष जेल सजायको प्रावधान राखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top