×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बलिउडका दुई कलाकारले पठाए एसिड आक्रमणमा परेकी मुस्कानलाई भिडियो सन्देश

९ आश्विन २०७६

९ असोज, विराटनगर । केही हप्ताअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए । अहिले कीर्तिपुर अस्पतालमा उनको उपचार भइरहेको छ ।

यसैविच, बलिउडका दुई जना कलाकारले मुस्कानलाई भिडियो सन्देश पठाएर हौसला बढाउने काम गरेका छन् । अभिनेत्री कृति सेनन र अभिनेता वरुण धवनले मुस्कानलाई भिडियो सन्देश पठाएका हुन् ।

Advertisement

सुरुमा यो घटना थाहा पाइसकेपछि पहिला कृतिले मेहबूब स्टुडियोबाट मुस्कानलाई भिडियो सन्देश पठाएकी थिइन् । भिडियोमा मुस्कानले कृतिलाई ‘मलाई तपाईँ मनपर्छ’ र जवाफमा कृतिले ‘म तिमीलाई माया गर्छु’ भनेकी छिन् ।

साथै कृतिले मुस्कानलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न र अध्ययनमा ध्यान दिन सुझाएकी छिन् । कृतिले भिडियो सन्देशमा भनेकी छिन्, ‘तिमीले आफ्नो ख्याल गर्नेछौ र तिमी चाँडै निको हुनेछौं ।’

त्यसपछि कृतिले अभिनेता वरुण धवनलाई यो घटनाका बारेमा जानकारी गराएपछि उनी पनि यसै बस्न सकेनन् र मुस्कानलाई भिडियो सन्देश पठाए । वरुणले भने, ‘म मुस्कानलाई सबै माया र प्रार्थना पठाउन चाहन्छु । मलाई यसबारेमा थाहा दिएकोमा कृतिलाई पनि धन्यवाद !’

वरुणले मुस्कानलाई पढाइमा ध्यान दिन र निको भएपछि आफूसँग भेट्न आउन पनि भनेका छन् ।

त्यस्तै ’भ्वाइस अफ् नेपाल’ सिजन-२ का कोच राजु लामाले पनि मुस्कानसँग भेटेर सँगै गीत गाउँदै उनको साहस बढाउने काम गरेका थिए ।

Advertisement

वीरगञ्ज महानगरपालिकाका-३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान शुक्रबार बिहान विद्यालय जाँदै गरेको बेला उनीमाथि गएको भदौ २० गते स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए ।

भर्खरको समाचार

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

सम्बन्धित खबरहरु

Scroll to Top