×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

लाशमाथिको ‘महाभोज’

९ आश्विन २०७६

९ असोज, काठमाडौँ ।

‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ ।

Advertisement

चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ दर्शकको मन सिरिङ्ग पार्नेगरी आएको दृश्यसहितको आवजलेनै बोलिरहेको थियो कारुणिक कथा । सन् १९३१ मा भारतको मध्यप्रदेशमा जन्मेकी मन्नु भण्डारीले सन् १९७९ मा लेखेको उपन्यास हो ‘महाभोज’ ।

भारतको लोकसभा र विधानसभाको उपनिर्वाचनको समय, दलित युवाको हत्या र सोही शव (लाश) मा हुने राजनीतिको अवस्था बोकेको उपन्यास महाभोजको नाट्य रुपान्तरण पनि मन्नुले नै गरेकी थिइन् । सोही उपन्यासलाई कवि विप्लव ‘प्रतिक’ले नेपालीमा नाट्य रुपान्तरण गरेका छन् । मण्डला थिएटरमा प्रदर्शन भइरहेको उक्त नाटक कताकता नेपालको वर्तमान घटनापरिघटनासँग पनि मिल्दोजुल्दो देखिन्छ ।

सीतापुर गाउँको कथा बोलेको छ उक्त नाटकले । शहरबाट मुश्किलले २० किलोमिटर दूरीको उक्त गाउँ केही वर्षअघि भने टाढाको लाग्थ्यो । गाउँमा घटना घटे शहरले सुइकोसमेत पाउँदैनथ्यो । तर, अचेल त्यो दुरी रहेन ।

एक दिन गाउँको पुच्छारमा रहेको दलित बस्तीमा आगो लाग्यो । नौजना मानिससहित झुप्रा जले । बचेका मानिस दौडादौड गरेर चौकी पुगे । त्यसदिन ‘सई साहेब’ छुट्टीमा थिए । शहरको दमकलको फोन पनि उठेन…शवमाथि अब यहीबाट राजनीति शुरु हुन्छ । घटना मन्त्रीसम्म पुग्छ ।

त्यही गाउँको घटनाका जानकार विद्रोही स्वभावका युवा विसु हुन्छन् । उनको रहस्यमय मृत्युु हुन्छ । हतारमा ‘पोष्टमार्टम’ गरेर शव जलेपनि घटना सेलाउँदैन । घटनाले सञ्चारमाध्यममा उच्चस्थान पाएपछि राजनीति शुरु हुन्छ । मुख्यमन्त्रीकोमा घटना पुग्छ । तर, जसरी दोषी पत्ता लगाउने हो त्यो हुँदैन । हुन्छ त जालझेल र षड्यन्त्र मात्रै । यस्तैयस्तैमा कथा घुम्छ । अन्त्यमा, त्यही खुशीयालीमा महाभोज गरिन्छ ।

चालिस वर्षअघि लेखिएको ‘महाभोज’ अहिले पनि नेपाली समाजमा घट्नेघटनासँग मिल्दोजुल्दो छ । राजनीति, प्रहरी र पत्रकारिताको विकृत रुपलाई नाटकले उतारेको छ ।

निर्देशक अनुप बराल भन्छन्, ‘षडयन्त्रको चक्रब्यूहभित्र जनता कसरी फसेका छन्, निर्वल आम मान्छेको छटपटी, आक्रोस, र निराशाको गम्भीर गाथा बुनेको छ नाटकले ।’ उनले नाटकमा समकालीन घटनालाई ऐतिहासिक समयमा हेर्ने प्रयत्न गरिएको बताउनुभयो । राजनीति र सामाजिक अन्तरविरोधलाई नाटकले देखाइदिएको छ । भ्रष्ट राजनीतिले समाजलाई नै विसङ्गत बनाइदिन्छ भन्ने सजिव चित्रण हो नाटक ‘महाभोज’ ।

दलित बस्तीमा भएको आगजनीको तथ्य खोज्दा विसु मारिनु, चुनावको समयमा प्रहरी, पत्रकार र राजनीतिक गठजोड र सम्झौता कथाका मार्मिक विषय हुन् । शुरुमा आत्महत्या, अनि हत्या र पछि आफ्नै साथीबाट मारिएको प्रतिवेदन बनाइनु । अनि विसु हत्याको विरोध गरिरहेको मित्रलाइ नै हत्यारा बकाइनु र चरम यातनाबाट हिरासतमै ज्यान लिइनुले समाजमा हुने विकृतिको पाटोलाई नाटकले छर्लङ्ग पारेको छ ।

तथ्यभन्दा भावना र बहकाउमा लाग्ने पत्रकारितालाई समेत नाटकले व्यङ्ग्य गरेको छ । अन्ततः राजनीतिबाट प्राप्त साझा सफलतामा सबैको ‘महाभोज’ चल्छ । यही तीन ‘पी’ प्रेस, पोलिटिक्स र पुलिसको भोज हो नाटक ‘महाभोज’ ।

भारतीय साहित्यकार मन्नुुको उपन्यासबाट अनुवाद गरिए पनि ‘महाभोज’मा मौलिकता छ । नाटकमा विप्लव प्रतिक, रमेश बुढाथोकी, राजन खतिवडा, सिर्जना सुब्बा, बुद्धि तामाङ, राज न्यौपाने, विजय बराल, प्रदीपकुमार चौधरी, सोमनाथ खनाल, घनश्याम जोशीलगायत कलाकारले अभिनय गरेका छन् ।

Advertisement

गजवको नाटक रहेको प्रतिक्रिया दिँदै काठमाडौँ रामकोटका दीपेश खनालले भने, ‘अहिलेको समाजसँग मिल्दो जुल्दो छ, एउटा नागरिकको मृत्युमा राजनीति गरेर कसरी फाइदा लिन केसम्म गरिँदो रहेछ भनेर यसले प्रष्ट देखाइदिएको छ ।’ रासस

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top