आजबाट फेसबुकले पोस्टमा लाइकको संख्या लुकाउने

१० असोज, एजेन्सी ।
अष्ट्रेलियामा आजबाट सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्ताको पोस्टमा लाइकको संख्या लुकाउने भएकोे छ । अस्ट्रेलियाका प्रयोगकर्ताले अर्काको पोस्टमा गरिएका लाइकको संख्या वा जनाइएका प्रतिक्रिया हेर्न नपाउने जनाइएको छ ।

Advertisement

प्रयोगकर्तामाझ सामाजिक दबाव घटाउने प्रयासस्वरूप लाइकको संख्या घटाउन चाहेको फेसबुकको भनाइ छ । आफ्ना पोस्टमा गरिएका लाइकको संख्या भने प्रयोगकर्ताले हेर्न पाउने कम्पनीले जनाएको छ ।

कम्पनीकी प्रवक्ता मिआ गार्लिकले लाइक वा पोस्टमा जनाइएका प्रतिक्रियाको संख्यामा भन्दा अन्तरक्रिया तथा विषयस्तुको गुणस्तरबारे मान्छेले ध्यान दिऊन् भनेर हामीले संख्याको कुरा हटाउन लागेको बताएकी अस्ट्रेलियन एसोशिएटेड प्रेसले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top