जिम्बावेद्धारा नेपालसामु १ सय ६१ रनको लक्ष्य प्रस्तुत

१४ असोज, काठमाडौँ ।
सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजमा टेष्ट टोली जिम्बावेले नेपाललाई १ सय ६१ रनको दिएको छ । मंगलबार टस हारेर ब्याटिङ थालेको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनायो ।

सन्दीपले पहिलो ओभरको चौथो बलमा ओपनर ब्रायन चरीलाई शून्यमा एलवी डब्लू आउट गरेका थिए । चौथो ओभरको चौथो बलमा सोमपाल कामीले अर्का ओपनर रेजिश चकवालाई ६ रनमा बोल्ड आउट गरे । सन्दीपले पाँचौ ओभरको अन्तिम बलमा आक्रमक ब्याटिङ गरेका पिटर मुरलाई २१ रनमा बोल्ड आउट गरपछि जिम्बावे दबाबमा परेको थियो । पिटरले १२ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

खराब सुरुवात गरेको जिम्बावेलाई चौथो विकेटका कप्तान सन विलियम्स र तिनोटेन्डा मुतोम्बोडजीले ६० रनको साझेदारी गर्दै इनिङ उकासे । यी दुई बीचको साझेदारी सोमपालले १३ ओभरको अन्तिम बलमा तिनोटेन्डालाई २० रनमा एलबी डब्लू आउट गर्दै तोडेका थिए । उनले २२ बलमा २ चौका प्रहार गरे ।

Advertisement

उत्कृष्ट प्रर्दशन गरि रहेका विलियम्सलाई कप्तान पारस खड्काले १४ औं ओभरको अन्तिम बलमा ५३ रनमा बोल्ड आउट गरे । उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । तल्लोक्रममा रयान बर्ल २१ बलमा समान १ चौका र छक्का सहित २८ रनमा अविजित रहे । लेग स्पिनर सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । तीब्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । कप्तान पारस खड्का र अभिनाश बोहोराको नाममा समान १ विकेट रह्यो । नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top