आज भारत पनि खुल्ला दिसामुक्त देश घोषणा हुँदै

१५ असोज ७६, बुधबार

१५ असोज, एजेन्सी ।

Advertisement

महात्मा गान्धीको १५० औं जन्म जयन्ती आज भारतमा विभिन्न कार्यक्रमका गरि मनाइँदैछ ।

त्यसैगरि आजै भारतका दोस्रो प्रधानमन्त्री लाल बहादुर शास्त्रीको पनि ११६औं जन्मजयन्ती मनाइँदैछ । आज बिहानै राजघाट गएर प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Advertisement

त्यसपछि उनले लालबहादुर शास्त्रीको समाधीस्थल विजयघाट पुगेर पूर्वप्रधानमन्त्रीलाई श्रद्धाञ्जली दिएका थिए । मोदीले आज बिहानै ट्विट गरेर गान्धीको सपना पूरा गर्न कडा मेहनेत गरिने जनाउँदै मानवताका लागि गान्धीको योगदानकोलागि सधै कृतज्ञ रहने जनाएका थिए ।

गान्धी जयन्तीको अवसरमा आजै मोदी गृहनगर गुजरात जान लागेका छन् । उनले आजै भारतलाई खुला दिसा मुक्त देश घोषणा गर्ने भएका छन् । (एजेन्सी)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top