नेप्से परिसूचक पाँच अङ्कले ओरालो

१५ असोज ७६, बिहीबार

१५ असोज, काठमाडौँ । 

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.९८ अङ्कले घटेर एक हजार १४०.७१ मा पुगेको छ ।

यसैगरी सेन्सेटिभ परिसूचक ०.४३ अङ्कले घटेर २४९.७८ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकममा पनि सुस्तता आएको छ । आज कूल १६१ कम्पनीका सात लाख ८५ हजार ७४० कित्ता शेयर रु २० करोड ३२ लाख ८७ हजार २३७ मा खरिद बिक्री भयो ।

Advertisement

आज कारोबार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर मात्र बढेको छ । सामूहिक लगानी कोष ०.०५ र अन्य उपसमूहको शेयर ६.०४ अङ्कले बढेको छ ।

त्यस्तै बैङ्किङ ४.५७, होटल ४९.८८, विकास बैंक ६.३४, जलविद्युत् ७.२४, फाइनान्स ०.७९, निर्जीवन बीमा ४८.८२, उत्पादन १७.४१, माइक्रोफाइनान्स २.३९ र जीवन बीमा ५४ अङ्कले घटेको छ ।

Advertisement

कारोबार रकमका आधारमा आज बैंक अफ काठमाडौँ शीर्ष स्थानमा रह्यो । बैंक अफ काठमाडौँको संस्थापक शेयर रु दुई करोड २२ लाख ८४ हजार १६० मा खरिद बिक्री भयो । यस्तै बैंक अफ काठमाडौँको रु एक करोड ९१ लाख ८२ हजार १३४, युनाइटेड फाइनान्सको रु एक करोड ५८ लाख ३४ हजार ६२०, सिद्धार्थ बैंकको रु एक करोड आठ लाख ८६ हजार ५९५ र शिवम् सिमेन्टस् लिमिटेडको शेयर रु एक करोड दुई लाख ४६ हजार ५९ मा खरिदबिक्री भई शीर्ष स्थानमा रहे ।

परिसूचक घटेपनि नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका शेयरधनीले ६.३८ प्रतिशतले कमाए । यस्तै आँखुखोला जलविद्युत् कम्पनी ५.६६, युनाइटेड फाइनान्स कम्पनी ३.३१, सिन्धु विकास बैंक ३.३१ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए ।

हिमालयन पावर पार्टनरका लगानीकर्ताले ५.३६ प्रतिशतले गुमाउँदा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५.०५, सेन्ट्रल फाइनान्स कम्पनी ४.३८, एनएलजी इन्स्योरेन्स कम्पनी ४.३३ र नाङ्दी ग्रुप पावरका शेयरधनीले ३.९२ प्रतिशतले गुमाए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top