विराटनगर, फागुन १०
कथाकार सरण राईद्वारा लिखित अन्तिम आयाम कथासंग्रहको विराटनगरमा विमोचन गरिएको छ । आज आयोजित कार्यालयमा १ नम्बर प्रदेशका प्रमुख गोविन्दबहादुर तुम्बाहाङले कथासंग्रहको विमोचन गरे ।
लिटेरेटी एसोसिएसन धरानको आयोजनामा विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा तुम्बाहाङले कथासंग्रहको विमोचन गर्नुभएको हा । डा. गोपाल भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा. टंक न्यौपाने, रमेश शुभेच्छुक र भोलानाथ पोखरेलले समीक्षा गर्नुभयो । कथामा वृद्धवृद्धाका समस्या र संरक्षण अभावलाई सशक्त रुपमा उठान् गरिएको उहाँहरूले बताउनुभो ।
कार्यक्रममा साहित्यकार कुन्ता शर्मा, कविराज न्यौपाने, गोकुल अधिकारी, अग्रज पत्रकार शिवबहादुर कार्कीलगायतले राईको कथासंग्रहले नेपाली साहित्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । पाँचपोखरी प्रकाशन गृह काठमाडौंले प्रकाशित गरेको संग्रहमा विभिन्न विषयवस्तुलाई समेटेर लेखेका १७ वटा कथा समावेश छन् ।