नेकपाको सम्पत्तिमा बाबुराम र विप्लवका गाडी पनि !

१७ असोज ७६, शुक्रबार

काठमाडौं : गाडी अन्य पार्टीका नेताहरूले चढिरहेका छन्। तर सत्तारूढ नेकपाले ती सबै गाडी आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ। नेकपाले प्रतिबन्धित नेकपा महासचिव विप्लव, पूर्वप्र्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत ११ नेताको गाडी सम्पत्ति विवरणमा राखेको हो।

Advertisement

तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि केन्द्रीकृत गर्न लागिएको सम्पत्ति विवरणमा अन्य पार्टीका नेताले प्रयोग गरिरहेका गाडीसमेत छ। तत्कालीन माओवादी केन्द्रको सम्पत्ति विवरण कार्यालयका तत्कालीन मुख्य सचिव प्रह्लाद बुढाथोकीले असोज १ मा नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल प्रशान्तलाई बुझाएका हुन्।

ढकालले बुझेको पेरिसडाँडास्थित कार्यालयको सम्पत्ति विवरणमा पार्टीको सम्पत्तिका नाममा ३४ सवारीसाधन रहेको उल्लेख छ। त्यसैमध्येका ११ वटा गाडी विप्लवदेखि डा. भट्टराईसम्मले प्रयोग गरिरहेका छन्।

Advertisement

अन्नपूर्णले प्राप्त गरेको उक्त अभिलेखअनुसार माओवादी केन्द्र एमालेसँग एकतामा गएपछि पुनः माओवादी केन्द्र नै ब्युँताएका गोपाल किराती, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, प्रवक्ता हरिभक्त कँडेल र इन्द्रमोहन सिग्देल, राजनीतिक जीवन छोडेर दाङमा कृषि पेसा अंगालिरहेका लोकेन्द्र विष्ट मगर, समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराई, हिसिला यमी, प्रतिबन्धित नेकपाका महासचिव विप्लव, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली र खडकबहादुर विश्वकर्माले चढिरहेका गाडी पनि नेकपाले सम्पत्तिका रूपमा अभिलेख गरेको छ।

यी गाडी यातायात कार्यालयमा ‘एकीकृत नेकपा माओवादी’ कै नाममा दर्ता छन्। नेकपामा नरहेका तर तत्कालीन माओवादीले पार्टीको गाडी प्रयोगमा लगेका भनी उल्लेख गरेका ११ जना पनि कुनै बेला माओवादीकै नेता थिए।,याे खबर अन्नपूर्ण पाेस्टमा छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top