ठगिएको करोडौं रुपैयाँ खोइ?

१८ असोज ७६, शनिबार
Share this
753shares

धनगढी ( राज्यलाई नै चुनौती दिने गरी नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालय, सरकारी कार्यालय, अड्डा–अदालतका छाप, नापी तथा मालपोतका मिसिललगायत कागजात किर्ते बनाएर ठगी गर्ने सञ्जय राणा गिरोहको दस करोडभन्दा बढी रकम कहाँ छ भनेर अझै पत्ता लाग्न सकेको छैन।

Advertisement

धनगढी–६ मटियारीका ३८ वर्षीय सञ्जय राणालाई उनका सहयोगी दुईजनासहित प्रहरीले भदौ १८ गते पक्राउ गरेको थियो। उनीहरूबाट बरामद भएको सामान देखेर सबै चकित भएका थियो।

योजनाबद्ध ढंगले सात वर्षदेखि ठगी गर्दै आएको सञ्जयको गिरोहले लुटेको रकम कहाँ छ भनेर अनुसन्धान गरिरहे पनि प्रहरीले अझै पत्ता लगाउन सकेको छैन। ‘ठगेको रकम कहाँ लगानी गरेको छ, कहाँ छ भनेर हामी खोजिरहेका छौं,’ कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले भने, ‘अहिलेसम्म पत्ता लाग्न सकेको छैन।’ नागरिक दैनिकमा खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top