कश्मीरमा भारतले नै हेलिकप्टर खसालेको स्विकार

१७ असोज ७६, शनिबार

१८ असोज, एजेन्सी ।
गत फरवरीमा भारत प्रशासित कश्मीरमा वायुसेनाले आफ्नै एक हेलिकप्टर खसालेको भारतीय वायुसेनाले स्विकार गरेको छ ।

Advertisement

वायुसेना प्रमुख एयर चीफ मार्शल राकेश कुमार सिंह भदौरियाले पत्रकार सम्मेलन गरी यसलाई गम्भीर गल्ती बताएका छन् । उनले घटनामा संलग्न दोषीहरुलाई कारबाही गरिने बताए ।

२७ फरवरीमा जम्मू–कश्मीरको बडगाममा पाकिस्तानसँग भएको हवाई संघर्षका क्रममा भारतीय वायु सेनाले आफ्नो  Mi-17 V5  हेलिकप्टर खसालेको थियो ।

Advertisement

जुन घटनामा वायु सेनाका ६ जवान र एक आम नागरिकको मृत्यु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top