कम्युनिष्टका काण्डै काण्डले मुलुकको बेइज्जतः देउवा

१७ असोज ७६, शनिबार

१८ असोज, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरु मुलुकको लागि कंलक भएको टिप्पणी गरेका छन् ।

मित्र युवा क्लबले दशैंको अवसरमा शनिबार काठमाडौमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले कम्युनिष्टका काण्डै काण्डले मुलुककै बेइज्जत भएको आरोप बताए ।

Advertisement

उनले महरा काण्डले मुलुकको शीर निहुरीएको भन्दै दुई तिहाईको सरकारले मुलकलाई बर्वाद बनाएको बताए । उनले पीडित महिलालाई दुई तिहाईको बलमा डर, धम्की दिएर बयान फेर्न लगाएको भन्दै पीडितलाई न्याय दिनुको सट्टा पीडित बनाएको आरोप लगाए ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाईको दुवाई दिने सरकारलाई जनताले खोज्ने बेला आएको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top