प्रतिबन्धित भारु सटही समस्या हल गर्न भारत प्रतिबद्ध

१८ असोज ७६, शनिबार

१८ असोज, काठमाडौं ।

Advertisement

भारतमा जारी विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली पुगेका अर्थमन्त्री डा.युवराज खतिवडा र भारतीय समकक्षी निर्मला सीतारमणबीच भारतको वित्त मन्त्रालयमा भेट भएको छ ।

उक्त भेटका अवसरमा अर्थमन्त्री खतिवडाले द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल भएको बताइएको छ ।

Advertisement

अर्थमन्त्री खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनुभन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटहीमा रहेको समस्या समाधान गर्न आग्रह गरेका थिए ।

भारतबाट नेपालतर्फ जाने व्यक्तिले आफूसँग लैजान पाउने ठूला दरका भारु नोट फर्काउने सम्बन्धमा दुविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सूचना जारी गरिदिन आग्रह गरेको अर्थमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

अर्थमन्त्री खतिवडाले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाका बारेसमेत चर्चा गरेका थिए ।

उनले भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने सहुलियतपूर्ण ऋणलाई पूर्वाधार क्षेत्रमा समेत उपयोग गर्ने सम्बन्धमा तय भएका आयोजनाका विषयमा जानकारी गराएका थिए ।

भारतकी वित्तमन्त्री श्रीमती निर्मला सीतारमणले नेपाल भारतबीचको सम्बन्ध सदियौदेखि भएको उल्लेख गर्दै आगामी दिनमा सहायतालाई बढाउने जानकारी गराइन्।

उनले भारतीय सहयोगमा सञ्चालित आयोजना तथा विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top