Nepal Times
Nepal Times
3
Shares

हामो सहयात्रा मञ्चको उद्घाटन

इनरुवा, फागुन १०
लैङ्गिक हिंसाविरुद्ध हाम्रो ऐक्यवद्धा भन्ने नाराका साथ हामो सहयात्रा मञ्च इनरुवाले आजबाट कार्य थालेको छ । इनरुवामा परिचयात्मक कार्यक्रमको आयोजना गरी संस्थाले लोगो सार्वजनिक गरेको छ । इनरुवा नगरपालिका प्रमुख राजन मेहताले संस्थाको ब्यानर उद्घाटन गरे ।

उपप्रमुख जमुना गौतमसहित पाज्ञ जीवनाथ पोखरेल, यूएनएफपिए सुनसरी संयोजक काशीनाथ पोखरेललगायतको उपस्थिति रहेको कार्यक्रममा आयोजकले संस्थागत उद्देश्यका बारेमा जानकारी गराएको थियो ।

संस्थाकी अध्यक्ष बिनिता दाहालले स्थानीय अगुवा महिला समूह एकजुट भई सामाजिक उत्तरदायित्व पूरा गर्ने निर्दिष्ट उद्देश्यसाथ लैङ्गिक हिंसा विरुद्धको अभियानमा उत्रिएको बताइन् । संस्था औपचारिक रुपमा उद्घाटन भएकाले स्थानीय तहसँगको समन्वयमा लक्षित वर्ग केन्द्रित कार्यक्रमलाई प्राथमिकताकासाथ अघि बढाइने अध्यक्ष दाहालले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.