एजेन्सी, फागुन १०
भारतीय फिल्मस्टार कमल हसनले नयाँ राजनीतिक पार्टी खोलेका छन् । भारतको दक्षिणी राज्य तामिलनाडूमा हसनले नयाँ पार्टीको घोषणा गरेका हुन् ।
६२ वर्षका हसनले तामिलनाडूको मदौरी शहरमा आफ्ना समर्थको भीडमा नयाँ पार्टी खोलेको घोषणा गरेका हुन् । उक्त राज्यमा अभिनेता राजनीतिमा प्रवेश गर्ने संस्कार नै बनिसकेको छ ।
यो भन्दा अगाडि तीन जना अभिनेताले मुख्यमन्त्री भएर काम गरिसकेका छन् । गएको डिसेम्बरमा अर्का मुभिस्टार रजनीकान्तले आफ्ना समर्थकहरुलाई सन् २०२१ को चुनावपछि नयाँ राजनीतिक पार्टी खोल्ने बताएका थिए ।
हसनले भने गएको अक्टोबरमा आफू राजनीतिमा जान चाहेको बताएका थिए । उनको नयाँ पार्टीको नाम ‘मकल निधि मेयाम’ रहेको छ । उक्त नामको अर्थ ‘नागरिकको न्यायको केन्द्र’ हुन जाने भारतीय सन्चार माध्यामहरुले जनाएका छन । हसनले आफू मुख्यमन्त्री बन्ने गरी काम गर्ने पनि बताएका छन् ।