१७ वर्षकी युवतीलाई शरिरमा आगो लगाएर हत्या

२३ असोज ७६, बिहीबार
Share this
757shares

२३ असोज, एजेन्सी।
भारतको केरलामा १७ वर्षकी एक युवतीलाई विवाह गर्न नमानेको भन्दै जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ ।

Advertisement

युवती देविकालाई उसका नातेदार समेत रहेका २६ वर्षका मिधुनले शरीरमा आगो लगाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

युवतीलाई जिउँदै जलाएर हत्या गरे पछि मिधुनले आफ्नै शरीरमा पनि आगो लगाएर आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ । शरीरमा आगो लागेपछि घाइते भएका दुवैजनालाई अस्पताल लगिएको थियो जहाँ उपचारका क्रममा उनीहरुको मृत्यु भयो ।

Advertisement

देविकालाई बचाउने क्रममा उनका बुवा समेत घाइते भएका छन् । प्रहरीका अनुसार मिधुन देविकासँग विवाह गर्न चाहन्थे तर परिवारले स्वीकारेन । परिवारले नमाने पनि मिधुनले विवाह गर्ने जिद्यि गरे । यो विवाद प्रहरीसम्म पुग्यो ।

प्रहरीले दुवै पक्षलाई बोलाएर छलफल गरेपछि मिधुनले देविकालाई विवाहको कुरामा नसताउने सहमति गरे । त्यसको केही दिनपछि अचानक मिधुन देविकालाई भेट्न उनको घर पुगे तर देविकाका बुवाले रोके ।

Advertisement

जब देविका घर बाहिर आइन् मिधुनले देविकाको शरीरमा पेट्रोल छर्केर आगो लगाए त्यसपछि उनले आफ्नै शरीरमा पनि पेट्रोल छर्केर आगो लगाएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top