सीको सुरक्षार्थ नेपाली सुरक्षाकर्मीले आज फूल रिहर्सल गर्ने

२३ असोज ७६, बिहीबार
Share this
751shares

२३ असोज, काठमाडौँ ।
शनिबार दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षार्थ तथा सवारी चलाउनका लागि तैनाथ हुने सुरक्षाकर्मीहरुले आज दिउँसो ३ बजे फूल रिहर्सल गर्ने भएका छन् ।

Advertisement

गृहमन्त्रालय स्रोतका अनुसार सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति सी रहने सोल्टी होटलसम्म पुरै सुरक्षा व्यवस्थाका साथ सवारी चलाएर फूल कार्गेड रिहर्सल गर्न लागेका छन्।

राष्ट्रपति सीलाई चीनबाट उनको साथमै आउने निजि अंगरक्षकका साथै पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरमा नेपाल अनुसन्धान विभागका सुरक्षाकर्मीहरुले सुरक्षा प्रदान गर्ने छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top