इरानले फिफाको आदेश मान्यो, ४० वर्ष पछि इरानी महिलाले स्टेडियममै बसेर खेल हेर्ने

२३ असोज ७६, बिहीबार
Share this
730shares

२३ असोज, एजेन्सी ।
इरान र कम्बोडियाबीच आज हुने खेलमा इरानी महिलाहरुले पहिलो पटक स्टेडियममै बसेर हेर्न पाउने भएका छन्।

Advertisement

इरानमा पछिल्लो ४० वर्षयता महिलालाई स्टेडियममै गएर कुनै पनि खेल हेर्न अनुमति दिइएको यो पहिलो पटक हो। पछिल्लो समय फुटबलको सर्वोच्च निकाय फिफाले विवादास्पद पुरुष मैत्रि नीति लिएको भन्दै इरानको फुटबललाई सस्पेन्ड गर्ने चेतावनी दिएको थियो।

इरानमा पछिल्लो ४ दशकयता महिलालाई पुरुष भएको वातावरणमा जान नहुने तथा पुरुषले आधा कपडा मात्र लगाएको हेर्न नहुने बताउँदै स्टेडियम जानबाट वञ्चित गरिँदै आएको थियो।

Advertisement

पछिल्लो महिना फिफाले महिलालाई पनि बिनारोकटोक स्टेडियम प्रवेश गर्न पाउने अवस्था सिर्जना गर्न इरानलाई निर्देशन दिएको थियो।

इरानको सरकारले फिफाको आदेश तथा पछिल्लो महिना भएको ब्लू गर्ल को मृत्यु पछि दबाबमा आएर महिलालाई पनि फुटबल स्टेडियममा प्रवेस गर्न मिल्ने व्यवस्था गरेको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top