टि-ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै

२३ असोज, विराटनगर । ओमानमा जारी पाँच देश सम्मिलित टि ट्वान्टी क्रिकेट सिरिजको आज अन्तिम दिन । नेपालले आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हँुदैछ । त्यसअघि नेदरल्यान्ड्स र हङकङबीच प्रतिस्र्धा हुँदैछ । सिरिजमा ओमान र आयरल्यान्डपछि राम्रो प्रदर्शन गर्नेमा नेपाली टोली पर्दछ ।

ओमानले यसअघि खेलका सबै ३ खेलमा जित हासिल गरेको थियो । आयरल्यान्डले ४ खेलमा ओमानसँगबाहेक सबै टोलीलाई हरायो । आयरल्यान्डसँग पराजित हुनुअघि नेपालले नेदरल्यान्ड्स र हङकङ दुवैलाई हराएको थियो ।

६ अंकसहित ओमान शीर्षस्थानमा छ । ६ अंक नै भएपनि रनरेटमा आयरल्यान्ड दोस्रो र ४ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स र हङकङ अंक बिहिन छ ।

ओमानको एकेडेमी क्रिकेट मैदानमा हुने खेलमा बलियो घरेलु टोलीलाई हराउन सके नेपालका लागि त्यो सिरिजको सुखद अन्त्य हुनेछ । टेष्ट मान्यता प्राप्त आयरल्यान्डलाई हराएको ओमानको मनोबल पक्कै उच्च छ ।

नेपालले पनि आयरल्यान्डलाई टक्कर दिने प्रयास गरेपनि अन्ततः १३ रनले पराजित भएको थियो । सिरिजमा सहभागि टोलीमध्ये नेपालबाहेक सबै टोली टि ट्वान्टी विश्व कप छनोटको तयारीमा रहेका छन् ।

नेपालका लागि भने यो अनुभव बटुल्ने सिरिजका रुपमा रहेको छ । आयरल्यान्डमा भएको टि ट्वान्टी विश्व कप छनोटको अभ्यास खेलपछि नेपाल र ओमान आज खेल्दैछन् । तर, त्यति बेला बर्षाले खेलको नतिजा निस्केन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top