२३ असोज, एजेन्सी ।
सिरियाको उत्तरी क्षेत्रमा हवाई हमला गरेको टर्कीले केही घन्टामा स्थलगत आक्रमण पनि सुरु गरेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार टर्कीको सैन्य फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा प्रवेश गरेर हमला शुरु गरेका छन् । सिरियाली शरणार्थीलाई सुरक्षितरुपमा राख्नका लागि आक्रमण सुरु गरेको टर्कीले जनाएको छ ।
सैन्य कारबाहीमार्फत् कुर्द लडाकूलाई हटाएर सिरियाली शरणार्थीको बासस्थान सुरक्षित गर्न लागेको राष्ट्रपति रिसेप तैयप अर्दोआनले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीले गरेको हमलाको निन्दा गरेका छन् ।
अमेरिकाले आफ्ना सैनिक सिरियाबाट फिर्ता बोलाएको केही दिनमै कुर्द लडाकूको क्षेत्रमा हमला सुरु भएको छ । अमेरिकाको सैन्यशक्ति फिर्ता बोलाउने निर्णयले टर्कीलाई आक्रमणको बाटो खुलेको बताइएको छ ।
यसअघि, टर्कीको फौजले सिरियाको तल अब्याद नगरमा गरेको स्थलगत आक्रमणमा कम्तीमा १० जना गैरसैनिक मारिएको बताइएको छ ।
