विश्वकप छनोटः नेपालले मंगलबार जोर्डनको सामना गर्ने, इरान १४-० ले विजयी

२४ असोज, एजेन्सी । कतारमा हुने फिफा विश्वकप फुटबल २०२२ को छनोट खेलमा जोर्डन र कुवेतले बराबरी खेलेका छन् ।

नेपाल रहेको समूह ‘बी’मा रहेका दुई टोलीले बिहीबार राति गोलरहित बराबरीमा चित्त बुझाएका हुन् । यही समूहको खेलमा बिहीबार नेपाललाई अष्ट्रेलियाले ५-० ले हराएको थियो ।

Advertisement

समूहको चौथो खेलमा नेपालले आउँदो मंगलबार जोर्डनसित उसैको मैदानमा खेल्नेछ ।

Advertisement

नेपालले जारी विश्वकप छनोटको पहिलो खेलमा कुवतेसित ७-० को हार भोगेको थियो । नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २-० ले हराएको थियो ।

यसैविच, विश्वकप छनोट अन्तर्गत एसियाली महादेशका अरु खेलहरुमा जापान, कतार, सिरिया, युएई, दक्षिण कोरिया, उज्वेकिस्तान, इराक, चीन, ओमान, भियतनाम, कीर्गिस्तान, तुर्कमेनिस्तान, साउदी अरब, र इरान विजयी भएका छन् ।

समूह ‘एच’मा दक्षिण कोरियाले दक्षिण एसियाली टोली श्रीलंकालाई ८-० ले पराजित गर्दा समूह ‘एफ’मा जापानले मंगोलियामाथि ६-० को जित निकाल्यो ।

यसैगरी, समूह ‘डी’मा उज्वेकिस्तानले यमनलाई ५-० ले हराउँदा समूह ‘ए’मा चीनले कमजोर प्रतिद्वन्द्वी ग्वामलाई ७-० ले पराजित ग‍र्यो । समूह ‘सी’मा इरानले बिहीबार रातिको फराकिलो जित निकाल्ने क्रममा कम्बोडियालाई १४-० को विशाल गोल अन्तरले पाखा लगायो ।

यही समूहको अर्को खेलमा इराकले हङकङलाई २-० ले पराजित ग‍र्यो । बिहीबार राति नै समूह ‘ए’मा सिरियाले माल्दिभ्सलाई २-१ ले हरायो । समूह ‘जी’मा युएईले इन्डोनेसियालाई ५-० ले पराजित गर्यो ।

समूह ‘ई’मा कतारले बंगलादेशलाई २-० ले, समूह ‘जी’मा भियतनामले मलेसियालाई १-० ले, समूह ‘एफ’मा कीर्गिस्तानले म्यानमारलाई ७-० ले, समूह ‘ई’मा ओमानले अफगानिस्तानलाई ३-० ले, समूह ‘एच’मा लेबनानले तुर्कमेनिस्तानलाई २-१ ले र समूह ‘डी’मा साउदी अरबले सिंगापुरलाई ३-० ले हरायो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top