काठमाडौं, फागुन ११
माओवादी केन्द्रबाट निस्कासन परेका नेता गोपाल किराँतीले आफूलाई कारवाही गरेकोमा पार्टी अध्यक्ष प्रचण्डलाई धन्यवाद दिएका छन् । नेता किराँतीले एक विज्ञप्ती प्रकाशित गर्दै धन्यवाद ज्ञापन गरेका हुन् ।
एकपटक पनि सुनुवाइको मौका नदिइ कारवाहीको निर्णय गरिएको प्रति भने उनले असन्तुष्टि जनाएका छन् । कराँतीले एमालेसँगको एकता प्रक्रियाको विरोध गर्दै आएका थिए ।
किरातीले भने कार्वाहीको दुस्प्रचार गरिएको आरोप लगाएका छन् । आफू माओवादी केन्द्रमा नरहेको घोषणा पनि उनले सोही विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।