एजेन्सी, असोज २४
यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ ।शान्ति र अन्तराष्ट्रिय सहकार्य जुटाउन गरेको प्रयासका लागि उनलाई यो अवार्ड प्रदान गर्न लागिएको हो ।
सन् १०९८ देखि २००० सम्म चलेको सीमायुद्धपछि २० वर्षसम्म चलेको सैन्य गतिरोध अन्त्य गर्दै गत वर्ष इथियोपिया र इरिट्रियाबीच शान्ति सम्झौता भएको थियो ।
डिसेम्बरमा प्रदान गरिने १०० औं नोबेल शान्ति पुरस्कार विजेताको नर्वेको ओस्लोमा शुक्रबारे घोषणा गरिएको हो ।
अवार्डसँगै प्रधानमन्त्री आबीले ९ मिलियन स्वीडिस क्राउन अर्थात ७ लाख ३० हजार पाउण्ड पनि पाउनेछन् ।यो अवार्डका लागि २२३ व्यक्ति र ७८ संस्था गरी ३०१ उम्मेदवार मनोनयनमा परेका थिए । उनीहरु मध्ये १६ वर्षकी ग्रेटा टून्बेर्ग समेत दावेदार थिइन् ।
