×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026

कोरला नाका सञ्चालनको तयारीले उत्साह

२४ आश्विन २०७६

२४ असोज, काठमाडौँ ।

चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्तामा किमाथाङ्का र कोरला नाकाको स्तरोन्नतिसहित सञ्चालन गर्ने कार्यसूची समावेश भएको खबरले मुस्ताङ र आसपासका जिल्लावासी उत्साहीत भएका छन् ।

Advertisement
Advertisement

मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमण दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मात्र नभएर व्यापारिक, आर्थिक र पूर्वाधार विकासका हिसाबले उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरे ।

कोरला नाकामा चीनले गरेको तयारी र नेपाल सरकारले वार्ताका लागि तयार पारेको कार्यसूचीमा कोरला नाकाले प्राथमिकता पाएकामा गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले खुशी व्यक्त गरे । ‘‘मित्रराष्ट्र चीनका राष्ट्र प्रमुखको राजकीय भ्रमणले सीमावर्ती क्षेत्रका बासिन्दालाई उत्साहीत बनाएको छ,’ सांसद विष्टले भने, ‘दुई देशबीचको वार्ताको क्रममा कोरला नाका सञ्चालन गर्ने विषय समावेश हुनु अझ खुशीको कुरा हो ।’

चीनको स्वासाशित क्षेत्र तिब्बत्को ढोङ्वासेनमा पर्ने कोरला नाका क्षेत्रमा चीनले भन्सार, सुरक्षा, सडक पहुँचलगायतको तयारी गरेको छ । नेपाल र चीनबीच व्यापारिक सम्बन्धका लागि सबैभन्दा नजिक र उत्तम मानिएको कोरला नाका सञ्चालनका लागि सरकारले २०७३ देखि बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पहुँच मार्ग निर्माण गरिरहेको छ ।

कोरला नाका सञ्चालन भएमा व्यापारमा भारतसँगको परनिर्भरता हट्ने, धौलागिरि क्षेत्र व्यापारिक केन्द्रको रुपमा विकास हुने मात्र नभइ कालीगण्डकी करिडोरमा जलविद्युत् र पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले बताए ।

विसं २०३२ मा शुरु भएको कोरला नाकामा खम्पा विद्रोहपछि समस्या सिर्जना भएको थियो । एक चीन नीति विरोधी गतिविधिलाई रोक्न पछिल्लो समय चिनियाँ पक्षले आवतजावतमा कडाइ गर्दै आएको छ । हाल तिब्बत्को ढोङ्वासेन र उपल्लो मुस्ताङका व्यापारीहरुले अन्तरदेशीय व्यापार मेला आयोजना गरेको अवस्थामा वर्षमा दुई पटक मात्रै कोरला नाका खुल्ला हुन्छ ।

सन् २००३ मा प्रस्ताव गरिएको कोरला नाका खोल्ने विषयमा २०६८ माघमा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई र चीनका प्रधानमन्त्री वेनजिया वाओबीच सम्झौता भए पनि प्रक्रिया अघि बढ्न सकेको थिएन ।

बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पहुँच मार्गको स्तरवृद्धिलाई तीव्रतासँगै गतवर्ष लोमान्थाङमा नेपाली सेना र म्याग्दीको गलेश्वरमा सशस्त्र प्रहरीको क्याम्प स्थापना गरेको छ । कोरला नाकादेखि २६ किलोमिटर नेपालतर्फ पर्ने लोमान्थाङमा सेनाको क्याम्प स्थापना गरिएको छ ।

समुद्री सतहदेखि चार हजार मिटरको उचाइमा सेनाको क्याम्प राख्न एक हजार २१७ रोपनी जग्गाको व्यवस्थापन गरी भवन निर्माण गरिएको छ । सेनाको उपस्थितिले युरोनियम खानीको सुरक्षासँगै कोरला नाका सञ्चालनका लागि सुरक्षा प्रत्याभूतिको सन्देश प्रवाह भएको मुस्ताङका सांसद तुलाचनले बताए ।

कोरला नाका नजिकैपर्ने नेचुङ भन्सार कार्यालय २१ वर्षपछि २०७३ सालमा पुनःस्थापना भएको थियो । प्रशासनिक, सुरक्षा, भन्सार, बन्दरगाहको लागि जग्गा व्यवस्थापनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहज रुपमा यातायातको पहुँच पु¥याउन सात वटा प्याकेजमा दुई लेनको ग्राभेल सडक निर्माण भइरहेको छ ।

छोसेरदेखि चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिल्लरसम्मको १६ किलोमिटर सडक स्तरोन्नति भइसकेको आयोजना प्रमुख मुकुन्द अधिकारीले बताउनुभयो । ‘‘जोमसोम–कोरला खण्डका सात वटा प्याकेजमा भइरहेको सडक स्तरोन्नति अन्तिम चरणमा छ,’’ आयोजना प्रमुख अधिकारीले भन्नुभयो, ‘‘ट्याक मात्र खोलिएको अवस्थामा रहेको सडकलाई ११ मिटर फराकिलो, नाली, ग्याबिन पर्खाल, मेसिनरी पर्खाल निर्माण र ग्राभेल गर्न लागिएको छ ।’’

म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्मको ७६ किलोमिटर दुरीको सडक दुई लेनको कालोपत्रे गर्न सञ्चालित आयोजनाको हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको छ । नवलपरासीको बर्दघाटदेखि मुस्ताङको कोरला जोड्ने ४०६ किलोमिटर दूरीको कालीगण्डकी कोरिडोर भारत र चीन जोड्ने नेपालकै छोटो सडक हो । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी कोरिडोरअन्तर्गत बागलुङ, गुल्मी, पर्वत खण्डमा सडकको ट्याक खुलेको छ ।

Advertisement

–सन्तोष गौतम /रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top