अबको ५ दिन बिदा भए पनि बैंकको काउन्टर बन्द नहुने

२४ असोज, काठमाडौँ ।  शनिबार नियमित सार्वजनिक बिदा र आइतबार चिनियाँ राष्ट्रपतिको सम्मानको लागि बिदा दिइएको भए पनि सो अवधिमा बैंकका काउन्टरहरु भने बन्द नहुने भएका छन् । त्रैमासिक रुपमा राजश्व दाखिला गर्ने समय भएका कारण असोज मसान्तसम्म राजश्व बुझाउने प्रयोजनका लागि राजश्व काउन्टरहरु खुला हुने भएको हो ।

Advertisement

बैंकले असोज, पुस, चैत र असार महिनाको २५ गतेदेखि मसान्तसम्म राजश्व खाता सञ्चालन गर्न नपाउनेगरी गरेको व्यवस्था बैंक तथा वित्तीय संस्थाहरुलाई जानकारी गराएको हो । राजश्व काउन्टरहरु खुला भए पनि बैंकका अन्य कारोबारहरुका लागि भने अनिवार्य गरिएको छैन ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top