सीका लागि पाँचतारे सोल्टी होटल फुल रिजर्भ

Share this
693shares

२५ असोज, काठमाडौं ।
२३ वर्षको अन्तरालमा आज (शनिबार) नेपाल भ्रमणमा आउँदै गरेका चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि काठमाडौंको होटल सोल्टी क्राउन प्लाजा रिजर्भ गरिएको छ।

Advertisement

सीका लागि बस्ने व्यवस्था मिलाइएको उक्त पाँचतारे होटल पूरै रिजर्भ भएको होटलका एक उच्च व्यवस्थापकले जानकारी दिए। २८२ वटा कोठा भएको होटलमा चिनियाँ राष्ट्रपतिसँग आउने प्रतिनिधिमण्डल मात्र बस्नेछन्।

उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै होटलमा रहेका उपहार पसलहरू पनि बन्द हुने भएको छ। होटल व्यवस्थापकका अनुसार शुक्रबार र शनिबारका लागि होटल पूरै बुक भएको छ।

Advertisement

आइतबार ११ बजेसम्मका लागि चिनियाँ राष्ट्रपति सी सोल्टीमा हुने भएकाले उक्त दिनका लागि पनि होटलले बाहिरी अरू बुकिङ लिएको छैन। सी पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका हुन्।

उनको भम्रण तालिकाअनुसार उनी शनिबार साढे चार बजे विमानस्थल अवतरण गर्नेछन्। साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्तापछि सोल्टीमै रात्रिभोज कार्यक्रम राखिएको छ।

Advertisement

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता र द्विपक्षीय सम्झौता गरी सी चीन फर्कनेछन्।

उनको चीन फर्किने उडान १ बजेको छ। सी ओहोरदोहोर गर्न समयमा उक्त रूट पूर्ण रूपमा बन्द गरिने र उडानका समयमा पनि विमानस्थलमा अरू कुनै उडान नगरिने व्यवस्था मिलाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top