२५ असोज, काठमाडौं ।
चीनका राष्ट्रपति सी जिनपिङले दुई दिवसीय भारत भ्रमणको दोस्रो दिन पुनः एक पटक प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।
दुई नेताले तमिलनाडुको कोवलमस्थित ताल फिशरम्यान कोव रिसोर्टमा वान टु वान वार्ता गरेका हुन् । अहिले मोदी र सीबीच प्रतिनिधि स्तरमा वार्ता भइरहेको छ । यसमा विदेशमन्त्री एस जयशंकर र एनएसए अजीत डोभाल पनि उपस्थित छन् ।
दुई नेताले आज ६ घण्टा साथ बिताउनेछन् । दुई दिवसीय अनौपचारिको योजना नै दुई नेताहरु बीच कम्तिमा ६ घण्टा कुराकानी होस् भनेर तय गरिएको भारतीय सञ्चारमाध्यमहरु जनाएका छन् ।
विदेश सचिव विजय गोखलेले पत्रकार सम्मेलन गरेर दिभरको गतिविधिबारे जानकारी दिएका थिए । उनले दुई नेताबीचको भेटमा व्यापार र अन्तर्राष्ट्रिय प्राथमिकताको मुद्दामा छलफल भएको बताए ।
मोदी र सीले आतंकवाद र कट्टरपन्थबारे चिन्ता जताउँदै यस चुनौतिलाई मिलेर लड्नुपर्ने आवश्यकतामा जोड दिएको गोखलेले बताए ।
