मेलम्ची ‘हेडवर्क्स’ को काम सिनो हाइड्रोलाई

२५ असोज ७६, शनिबार

२५ असोज, काठमाडौं ।
मेलम्ची खानेपानी विकास समितिले मुहानमा रहेको ‘हेडवर्क्स’ निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।

Advertisement

सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो नै ‘हेडवर्क्स’ निर्माणका लागि छनोट भएको समितिका सूचना अधिकारी वरिष्ठ डिभिजनल इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। निर्माण कम्पनीले १५ महीनामा ‘हेडवर्क्स’ को काम सक्नेगरी समय दिइएको उनले बताए।

‘हेडवर्क्स’ निर्माणको लागत एक अर्ब दुई करोड रुपैयाँ हुनेछ । कम्पनीले १५ दिनमा स्थलगत अध्ययन गरेर काम सुरु गर्नेगरी ठेक्का सम्झौता भएको छ ।

Advertisement

इटलीको निर्माण कम्पनी सीएमसीले गएको वर्ष काम छोडेर हिँडेपछि ठेक्का सम्झौता रद्द गरी सिनो हाइड्रोलाई नै सुरुङको बाँकी काम गर्ने गरी छनोट गरिएको थियो । सुरुङको बाँकी कामका लागि भने ७५ करोड रुपैयाँमा सम्झौता भएको छ ।

काठमाण्डौमा बहुप्रतिक्षित मेलम्चीको पानी ल्याउने मिति पटकपटक सर्दै आएको छ । (रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top