वर्ल्ड बक्सिङ च्याम्पियनशीपः मेरी कोम पराजित

२५ असोज ७६, शनिबार

२५ असोज, एजेन्सी ।
रुसमा जारी वर्ल्ड बक्सिङ च्याम्पियनशीपको सेमिफाइनलमा भारतकी स्टार महिला बक्सर मेरी कोम पराजित भएकी छन्।

Advertisement

युरोपियन च्याम्पियन टर्कीकी बुसेनाज चाकिरोग्लुले ५१ किलो समूहमा उनलाई हराएकी हुन् । शनिबार भएको सेमिफाइनलमा मेरी कोमको पराजयपछि भारतले रेफ्रिको निर्णणविरुद्ध अपिल गरेको थियो तर उक्त अपिल खारेज भएको छ।

यसअघि उनले क्वाटरफाइनलमा रियो ओलम्पिककी कास्य विजेता कोलम्वियाकी इङ्गरित भेलेन्सीयालाई पराजित गरेकी थिइन्।

Advertisement

३६ वर्षीया मेरी कोम विश्व वर्ल्ड च्याम्पियनशीपमा ८ वटा पदक जित्ने एकमात्र बक्सर हुन्। उनले हालसम्म ६ स्वर्ण, एक रजत र एक कास्य पदक जितेकी छन्। उनले सन् २००१ मा पहिलो पदकका रुपमा रजत पदक जितेकी थिइन्।

यसपछि उनी लगातार ६ पटक विश्व च्याम्पियन बनेकी थिइन् भने सन् २०१२ को लण्डन ओलाम्पिकमा कास्य पदक जितेकी थिइन्।

Advertisement

यस बाहेक उनले सन् २०१८ को कमनवेल्थ गेम्समा पनि स्वर्ण जितेकी थिइन्। यस्तै उनले एशियन च्याम्पियनशीपमा पाँच स्वर्ण र एक कास्य जितेकी छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top