सीको नेपाल भ्रमण: शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० पक्राउ

२६ असोज, काठमाडौँ ।
चीनका राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणका क्रममा शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्दै हालसम्म झण्डै ६० जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ।

Advertisement

प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विश्वराज पोखरेलका अनुसार राष्ट्रपति सीको भ्रमणलाई दृष्टिगत गरी प्रहरीले विभिन्न शङ्कास्पद गतिविधिमा संलग्न भएको आशङ्कामा तिब्बती शरणार्थीलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। उनले भने, ‘हालसम्म ६० जनालाई प्रकाउ गरिसकिएको छ। र, ती मध्ये २२ जनालाई सोधपुछ गरी छाडिएको छ भने बाँकी अन्य माथि अनुसन्धान जारी छ।’

तर मानवअधिकारकर्मीहरूले भने त्यसलाई संविधान र मानवअधिकार विपरीत भन्दै ‘निर्दोष’ मानिसलाई प्रक्राउ गरिएकोमा आपत्ति प्रकट गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top