नेपाली कांग्रेसले आज देशभर चियापान कार्यक्रम गर्दै

२५ असोज ७६, आइतबार

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसले आज दशैँ, तिहार, छठ लगायत चाडपर्वका अवसरमा देशभर चियापान कार्यक्रम गर्दैछ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखिएको छ । बाँकी ७६ वटै जिल्लामा पनि चियापान कार्यक्रम राखिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

उपत्यकामा हुने चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, नेपाल सरकारका मन्त्रिपरिषद् सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू, माननीय सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कुटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरूलाई आमन्त्रण गरिएको छ ।

Advertisement

यस्तै, पेसागत एवं बुद्धिजीवीहरू, नागरिक समाजका अगुवाहरू, मानव अधिकारकर्मीहरू, विभिन्न सञ्चार माध्यमका प्रमुखहरू, पत्रकार, गैर–आवासीय नेपाली संघ–संस्थाका प्रमुखहरू लगायतका विशिष्ट महानुभावहरू, नेपाली कांग्रेसका सदस्यहरू एवं शुभेच्छुकहरूको सहभागिता रहने प्रवक्ता शर्माले जानकारी दिए ।

जिल्ला–जिल्लामा हुने चियापान कार्यक्रममा भने जिल्लास्तरका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, जिल्लास्तरकै नेता–कार्यक्रताहरूको सहभागिता रहेको छ ।

Advertisement

विजयादशमी, तिहार, नेपाल संवत, छठ लगायत पर्वहरूको अवसरमा राजनीतिक दलले अघिल्ला वर्षदेखि नै चियापान गर्दै आइरहेका छन् । सत्तारूढ नेकपाले पनि विगत वर्षहरूमा जस्तै यस वर्ष पनि असोज २९ गते काठमाडौंमा चियापान गर्दैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top