२७ असोज, एजेन्सी । सिरियाले टर्किस सेनाले आक्रमण गरिरहेको उत्तरी सिरियामा सेना तैनाथ गरेको छ ।
सो क्षेत्रमा सिरियाली सेनाले कुर्द लडाकुहरुको समर्थनमा टर्कीसँग लड्नका लागि सेना तैनाथ गरेको बताइएको छ । गत साता टर्कीस सेनाले कुर्द लडाकूविरुद्ध गरेको आक्रमणपछि सिरियाले सेना तैनाथ गर्ने निर्णय गरेको हो ।
सो क्षेत्रमा कुर्द लडाकूहरुको पकड रहेको छ । सोही क्षेत्रमा पछिल्लो समय टर्किस सेनाले धावा बोल्दै आएको हो । सोही क्रममा दुवै पक्षका थुप्रैको ज्यान गएको थियो ।
अमेरिकी सेना फिर्ता र टर्कीको आक्रमणको चपेटामा परेको सो क्षेत्रका सर्वसाधारण थप मारमा परेका छन् । कुर्द लडाकुहरुलाई आतंकबादीको संज्ञा दिएको टर्कीले उत्तरी सिरियाबाट उनीहरुलाई निमिट्यान्न गर्न वषौंदेखि टर्कीस सेनाको प्रयास जारी रहेको छ ।
