गांगुली बीसीसीआईको अध्यक्ष बन्ने सम्भावना

२६ असोज ७६, सोमबार

२७ असोज, एजेन्सी । भारतीय क्रिकेट टीमका पूर्व कप्तान सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को अध्यक्ष बन्ने सम्भावना बढेको छ । गांगुली सोमबार बीसीसीआईको अध्यक्ष पदका लागि उम्मेद्वारी दिने तयारीमा छन् ।

बीसीसीआईको अध्यक्षका लागि उम्मेद्वारी दिने समय सोमबारसम्म छ । अध्यक्षका लागि अरुले उम्मेद्वारी दिने सम्भावना नरहेकाले गांगुली निर्विरोध निर्वाचित हुने लगभग निश्चित जस्तै रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस्तै, गुजरात क्रिकेट एसोसियसनका अध्यक्ष जय साह बीसीसीआईको सचिव बन्ने सम्भावना रहेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी भाजपाका अध्यक्ष तथा भारतीय गृहमन्त्री अमित साहका छोरा हुन् ।

सोमबार बीसीसीआईको अध्यक्ष र सँयुक्त सचिवसहित पाँच पदका लागि उम्मेद्वारी दर्ता गर्ने अन्तिम दिन हो । बीसीसीआईको नयाँ कार्यसमितिको चुनाब कात्तिक ६ गते हुनेछ ।

यस्तै, इण्डियन प्रिमियर लिग आईपीएलको अध्यक्ष पदमा भारतका पूर्व ब्याट्सम्यान तथा प्रशासक बृजेश पटेल नियुक्त हुने सम्भावना बढेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top