मुस्कानमाथि एसिड प्रहार गर्ने अभियुक्तलाई अदालतमा पेश गर्ने तयारी

२७ असोज, वीरगञ्ज । वीरगञ्जकी १४ बर्षिय मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने दुई युवकलाई प्रहरीले अदालतमा पेश गर्ने तयारी गरेको छ । उनीमाथि एसिड प्रहार भएको ३८ दिन बितिसकेको छ ।

अभियुक्तलाई कानुन अनुसार २५ दिनभन्दा बढी हिरासतमा राख्न नपाउने भएपछि प्रहरी दबावमा छ । दशैं विदाका कारण अदालत मंगलबारबाट मात्रै खुल्दैछ । प्रहरीले काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानको बयान लिइसकेको छ ।

एसिड प्रहार गर्नेहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १ सय ८३ (ज्यान मार्ने उद्योग) र १ सय ९३ (तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने) मुद्धा दर्ता गरिंदैछ । जसमा दफा १ सय ३८ को उपदफा २ बमोजिम १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरीवाना, १ सय ९३ को उपदफा २ बमोजिम ५ देखि ८ वर्ष कैद र १ लाखदेखि ५ लाख जरीवाना र सोही दफाको उपदफा ३ बमोजिम जरीवाना वापत प्राप्त हुने पुरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनुपर्ने माग गरिएको छ ।

अधिकतम सजायको माग दाबीसहित सक्कली मिसिल कागजात, प्रतिवादीहरु, रायसहित जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनले कीर्तिपुर अस्पतालबाट मुस्कानको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्ट माग गरेको तर आइनसकेको जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालय पर्साका अधिवक्ता रुद्र पन्थिले एसिड आक्रमणकारीलाई मंगलबार अदालतमा पेश गर्ने जानकारी दिए ।  मुस्कानलाई वीरगञ्ज महानगरपालिका-२ बस्ने १९ बर्षीय मजिद मियाँ र १७ बर्षीय सम्साद मियाँले एसिड प्रहार गरेका थिए ।

उनीहरु नाबालक रहेको दाबी परिवारले गरेपछि नारायणी अस्पतालका ४ जना चिकित्सकको टोलीबाट उमेर परीक्षण गराइएको छ । अस्पतालका मेसु डा. मदन कुमार उपाध्याय, रेडियोलोजिष्ट डा. विजयराज खनाल, अर्थो सर्जन डा. राजदेव कुशवाहा र डेन्टल सर्जन डा. सोनी झाको टोलीले गरेको उमेर परीक्षण रिपोर्टको आधारमा उनीहरु विरुद्ध प्रहरीले मुद्धा लगाउँदैछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top