आजका प्रमुख खबरहरुः
१. न्यायको अपेक्षा
वीरगञ्जकी १४ बर्षिय मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने दुई युवकलाई मंगलबार अदालतमा पेश गरिने / अभियुक्तहरु नाबालक रहेको दाबी परिवारले गरेपछि चिकित्सकबाट उमेर परीक्षणको आधारमा प्रहरीले मुद्दा लगाउँदै ।
२. तातिए डा.केसी
चिकित्सा शिक्षा ऐन संशोधन नगरिए कार्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने डा.गोविन्द केसीको चेतावनी / विश्व विद्यालयहरुमा निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्न माग ।
३.अनुगमनको खाँचो
प्रदेश १ को राजधानी विराटनगरमा अझै पनि उपभोक्ता ठगिदै / न्युरो हस्पिटल अगाडी रहेको साक्षी मेडिकलले औषधिमा लेखिए भन्दा बढी बिल बनाएर उपभोक्ता ठग्ने गरेको खुलासा ।
४.सांसदको सुर
राजपाका सांसद प्रमोदकुमार साहद्वारा विमान डिले भएको भन्दै जनकपुर विमानस्थलको बुद्ध एयरको काउण्टर तोडफोड / जहाजमा किडनीका विरामीलाई समयमै काठमाडौं पुग्नुपर्ने भएपनि व्यवस्थापन पक्षले लापरवाही गरेको भन्दै साहद्वारा धक्का–धक्की ।
५.कर्मको फल
१४ जना व्यक्तिको हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम सांसद पदबाट निलम्बित / आलमको तलब, सुविधामा रोक्का / दोषी ठहर भए पदमुक्त हुने ।
६. राष्ट्रपतिको भ्रमण
राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यानमारको पाँच दिने राजकीय भ्रमणमा जाने / समकक्षी राष्ट्रपति र आङ साङ सुचीसँग द्वीपक्षीय सम्बन्ब्धबारे कुराकानी हुने ।
७.एनआरएनएको नेतृत्वमा को ?
एनआरएनएको मंगलबार सुरु हुने सम्मेलनबाट १२ पदमा ४२ जना निर्वाचित हुने / आगामी नेतृत्वका लागि कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा ।
८.एनआरएनए ठगिए
बालुवाटारस्थित ललिता निवासको विवादास्पद जग्गा अञ्जानमा खरिद भएको एनआरएनएको भनाई / जग्गा किनेर राज्यबाट जनता ठगिएझैं संघ पनि ठगिएको उल्लेख ।
९.कुरा मात्रै हो कि ?
नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको उपप्रधानमन्त्री ईश्वर पोख्रेलको भनाई / चीनसंगका प्रतिवद्धतालाई कार्यान्वनय गरेर दुई देशको मित्रतालाई थप सुदृढ बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख ।
१०. कसको विश्वास गर्नु ?
लागुऔषध विक्री वितरण गर्ने मेडिकल सञ्चालकसहित दुई जना मोरङ प्रहरीको नियन्त्रणमा / इटहरी स्थित तिरुपति मेडिकलमा लागुऔषध बिक्रीवितरण हुने सूचनाको आधारमा प्रहरीको छापा ।
११. बाटो खुल्दै
नेपाली एयरलाइन्सलाई चीन उडानका लागि सहज वातावरण बनाइदिने चीनको प्रतिबद्धतासंगै अब नेपाललाई चीन उडानमा सहजता हुने / उडानका लागि एयरलाइन्सहरुले आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने ।
१२. सकारात्मक सुचक
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वस्तु निर्यात व्यापारमा बृद्धि / अघिल्लो आर्थिक वर्षको तुलनामा आयातमा १ दशमलव २२ प्रतिशतले कमी हुदा निर्यातमा २५ दशमलव ८७ प्रतिशतले बृद्धि ।
१३. सागको तयारी
आसन्न १३औं साग र पहिलो महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला भलिबल टोलीको बन्द प्रशिक्षण थाइल्यान्डमा हुने / टोली बुधबार थाइल्याण्ड प्रस्थान गर्ने ।
१४.अर्थशास्त्रीलाई नोबेल
यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीनजना अर्थशास्त्रका वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने / अभिजित बैनर्जि, इश्थर डफ्लो र माइकल क्रेमरलाई गरिबी न्यूनिकरणको लागि नोबेल पुरस्कार दिइने घोषणा ।
१५. असुरक्षित भान्सा
भारतको उत्तर प्रदेश मउमा सोमबार बिहान खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा २ तले घर भत्किदा १० जनाको मृत्यु / अझै केही व्यक्ति घरमा पुरिएको हुनसक्ने आशंका ।
