रोनाल्डोको ७०० गोल पूरा, पोर्चुगल भने पराजित

२८ असोज ७६, मंगलबार
Share this
736shares

एजेन्सी, असोज २८
विश्व चर्चित स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले आफ्नो खेल करिअरमा सात सय गोल पूरा गरेका छन् । सोमबार राति भएको खेलमा युक्रेनविरुद्ध गोल गरेसँगै उनले आफ्नो करिअरमा ९७३ खेलबाट सात सय गोल पूरा गरेका हुन् ।

Advertisement

उनले आफ्नो करिअरमा यस्तो रेकर्ड राख्न सफल भएपनि पोर्चुगल युरोकप छनोटमा युक्रेनसँग पराजित भएको छ । समूह ‘बी’ मा रहेको पोर्चुगलले सोमबार राति युक्रेनसँग उसैको भूमिमा २–१ गोलको हार ब्यहोरेको हो । पहिलो हाफमा नै २–० गोलले पछि परेको पोर्चुगलका लागि खेलको ७२औं मिनेटमा रोनाल्डोले गोल गर्दै फर्किने संकेत देखाएका थिए । तर बाँकी समयमा गोल गर्न नसक्दा पोर्चुगल हार्न पुग्यो ।

Advertisement

समूह ‘बी’ मा रहेको युक्रेन सात खेलबाट ६ खेलमा जित र एक खेलमा बराबरी खेल्दै १९ अंकसहित शीर्ष स्थानमा रहंदै युरो कप २०२० मा छनोट भएको छ । पोर्चुगल भने ६ खेलबाट तीन खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हारसहित ११ अंक बनाएर दोस्रो स्थानमा रहेको छ । पोर्चुगललाई छनोट हुन अर्को खेल नै कुर्नुपर्ने भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top