एनआरएनएको नवौं विश्व सम्मेलन आजबाट सुरु, सम्मेलनको राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

२८ असोज, काठमाडौं । नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन काठमाडौंमा आजबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले देशको विकास र समृद्धिमा योगदान गरेकामा एनआरएनको प्रशंसा गरिन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘विश्वभर छरिएका नेपालीले स्वःस्फूर्त रूपमा गरेको सहयोग देशका लागि महत्वपूर्ण छ । पूर्वाधार विकास तथा लोककल्याणमा गरेको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको छ ।’

उनले भनिन्, ‘गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने व्यवस्था संविधानमा छ । सो व्यवस्था चाँडोभन्दा चाँडो कार्यान्वयन गरिनेछ ।’

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उच्च आर्थिक वृद्धिको दिशामा मुलुक अघि बढेकाले त्यसलाई सघाउन गैरआवासीय नेपालीलाई आग्रह गरे ।

सरकारको भौतिक उपस्थितिभन्दा गैरआवासीय संघको उपस्थित बढी देशमा रहेको भन्दै उनले राज्यको दायित्वमा साथ दिने गरेकामा आभार पनि व्यक्त गरे ।

संघका पूर्वअध्यक्ष शेष घलेले संघले भिजन २०२० मा गरेको बाचा पूरा गर्न संघ नेतृत्वको ध्यानाकर्षण गराए । घलेले विदेशी नागरिकताधारी गैरआवासीय नेपालीले आफु नेपाली नै रहेको भन्दै विश्वमा चिनाउन चाहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले राज्य गैरआवासीय नेपालीप्रति गर्व गर्नुपर्ने भन्दै १६ वर्षमा संघ निकै बलियो बनेको बताइन् ।

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने सन्देशका साथ आयोजित सम्मेलनले आउँदो कार्यकालका लागि नयाँ नेतृत्व पनि चुन्नेछ ।

अध्यक्षका लागि कुमार पन्त र कुल आचार्य प्रतिष्पर्धामा छन् । पदाधिकारीसहितका अरु पदमा पनि दर्जनौं उम्मेदवार प्रतिष्पर्धामा छन् । सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधि सहभागि हुनेछन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top