राष्ट्रिय क्रिकेट टोलीको कप्तानी छाड्ने पारसको घोषणा

२८ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी छाड्ने घोषणा गरेका छन् ।

Advertisement

पारसले एक दशक यता नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका छन् । आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई ससर्त निलम्बन फुकुवाको निर्णय गरे लगत्तै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन्।

‘मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु’, पारसले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने मेरो चाहाना हो ।’

Advertisement

उनले आईसीसीले नेपाली क्रिकेटमाथि लगाएको निलम्बन फुकुवा गर्नु खुशीको खबर भएको भन्दै आगामी दिनमा नेपाली क्रिकेट, खेलाडी र सरोकारवालाको हितमा काम हुने उनले आशा व्यक्त गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top