सांसद साहलाई रिहा गर्नुपर्ने माग गर्दै जनकपुरमा राजपाद्वारा चक्काजाम

२९ असोज, जनकपुर । प्रतिनिधि सभाका सांसद प्रमोद कुमार साहलाई रिहा गर्नुपर्ने माग गर्दै राष्ट्रिय जनता पार्टी नेपालले आज बिहान पूर्व पश्चिम राजमार्गमा चक्काजाम गरेका छन् ।

राजपा नेपालले बुधबार बिहान साहको रिहाइको माग गर्दै एक घण्टा चक्काजाम गरेका हुन् । सांसद साहको रिहाइको माग गर्दै राजपा नेपालका नेता तथा कार्यकताहरुले प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरुले बिहान ८ बजेदेखि ९ बजेसम्म चक्काजाम गरेका थिए । राजपाको चक्काजामका कारण केही समय सवारी आवागमनमा अवरोध आएको थियो ।

Advertisement

प्रदर्शनका क्रममा उनीहरू पक्राउ परेका सांसद साहको रिहाइको माग गर्दै बुद्ध एयरको विरुद्ध नाराबाजीसमेत गरेका थिए । राजपा नेपालले जनकपुरको भानु चोकस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्ने र सेवाग्राहीलाई बुद्ध एयरको हवाई टिकट काट्नबाट रोक्ने कार्यक्रम तय गरेको छ ।

यससँगै राजपाले जनकपुर उद्योग वाणिज्य सङ्घसहित विभिन्न संघ संस्था र राजनैतिक दलहरूसँग बैठक बसी आगामी आन्दोलनको कार्यक्रम तय गर्ने योजना बनाएको राजपा नेपाल धनुषाको अध्यक्ष मण्डलका संयोजक प्रमोदकुमार यादवले बताएका छन् ।

Advertisement

मंगलबार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेको थियो । उनको पक्राउको विरोधमा राजपा मङ्गलवारदेखि चरणबद्ध आन्दोलनमा उत्रदैं आएको छ ।

प्रहरी नियन्त्रणमा रहेका सांसद साहलाई आज धनुषा जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top