ग्लोबल हंगर इन्डेक्समा भारत नेपालभन्दा पछाडि

२८ असोज ७६, बुधबार

२९ असोज, एजेन्सी ।
११७ देश समेटिएको यसपटकको ग्लोबल हंगर इन्डेक्स (जिएचआई) मा नेपालभन्दा भारत पछाडि परेको छ।

ग्लोबल हंगर इन्डेक्समा रहेका ११७ देशमध्ये नेपाल ७३ औं स्थानमा छ भने भारत १०२ औं स्थानमा छ। ग्लोबल हंगर इन्डेक्समा तल पर्नुको अर्थ ति देशका बासिन्दाले पेटभरि खान पाउँदैनन्।

यतिमात्र होइन यसले बाल मृत्युदर धेरै रहेको, बालबालिकाको उचाइअनुसार वजन (बडी मास इन्डेक्स) नरहेको र बालबालिका कुपोषित रहेको समेत जनाउँछ।

Advertisement

यी सबै मामिलामा भारतको स्थिति दक्षिण एशियाली राष्ट्रहरुमा श्रीलंका नेपाल, बंगलादेश र पाकिस्तानभन्दा पनि खराब रहेको उक्त इन्डेक्सले देखाएको छ। इन्डेक्सको सूचीमा श्रीलंका ६६ औं स्थानमा, बंगलादेश ८८ औं स्थानमा र पाकिस्तान ९४ औं स्थानमा रहेको छ।

दक्षिण एशियाली राष्ट्रमा भारतभन्दा पछाडि अफगानिस्तान मात्र रहेको छ। अफगानिस्तान इन्डेक्सको १०८ औं स्थानमा रहेको छ। माल्दिभ्स इन्डेक्समा समेटिएको छैन भने भुटानबारे तथ्यांक नपाएको कुरा इन्डेक्समा उल्लेख गरिएको छ।

Advertisement

बाल मृत्युदर, पोषण र पेटभरि खान पाउने मामिलामा श्रीलंका, नेपाल, बंगलादेश र पाकिस्तानको स्थिति भारतको भन्दा राम्रो छ। हंगर इन्डेक्सले देखाएअनुसार पेटभरि खान पाउने, बाल मृत्युदर र पोषणको मामिलामा भारतको स्थिति निरन्तर खस्कँदै गएको छ।

यहाँसम्म कि रवान्डा र इथियोपियाजस्ता अनिकालग्रस्त देशसमेत इन्डेक्समा भारतभन्दा माथि छन्। बेलारुस, युक्रेन, टर्की, क्युबा र कुवेतलगायत १७ देश जिएचआई सूचीमा सबैभन्दा अब्बल रहेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top