सिरहा, १२ फागुन । सहिद गंगालाल हृदय केन्द्रले आयोजना गरेको नि:शुल्क मुटुरोग परिक्षणमा ३६६ जनाले चेकजाँच गराएका छन् । सिरहाको लहानमा भएको शिविरमा १ सय ६५ जना लाई नि:शुल्क ईसिजि गरिएको थियो ।
लहान नगरपालिका वडा नम्बर ७ ले समन्वय गरेको शिविरमा १ सय ८५ जनालाई नि:शुल्क ईको जाँच समेत गरिएको थियो ।
शिविरमा क्वेस्ट फार्माले नि:शुल्क औषधि बितरण गरेको वडा अध्यक्ष राकेश रोशन गुप्ताले बताए । यस्तै २४ जनामा मुटु सम्बन्धि समस्या भेटिएकोले केन्द्रमा उपचारमा आउन भनेको छ ।