मोरङमा करिब ३ लाख बराबरका अवैध कुखुरा नष्ट

३ कात्तिक, विराटनगर ।
मोरङको सुनवर्षीमा भारतबाट ल्याएका २ लाख ९३ हजार मुल्य बराबरको अवैध कुखुरा तथा चल्लाहरू प्रहरीले नष्ट नष्ट गरेको छ । वडा नं ८ विश्वकर्मा टोलमा संचालनमा रहेको एउटा कुखुरा फाराममा राखिएका भारतबाट अवैधरुपमा भित्र्याएका कुखुरा तथा कुखुराका चल्लाहरु प्रहरीले नष्ट गरेको हो ।

बिशेष सूचना एवं निरन्तर निगरानी पश्चात आइतबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले नवि हुसेनको कुखुरा फारमबाट अवैध कुखुराहरु नष्ट गरेको हो । सो फारमबाट प्रहरीले भारतबाट अवैध रूपमा ल्याईएको ठूलो साईजको कुखुरा १ सय १० वटा, कुखुराको चल्ला १हजार ५० वटा र केही दिन हुर्केको चल्ला एघार सय वटा बरामद गरी नष्ट गरेको जनाएको छ ।

पशु क्वारेन्टाईन कार्यालय विराटनगरका प्रमुख चिकित्सक केशवकुमार सिंहको उपस्थितिमा भएको सो कारवाहीमा अन्दाजी २ लाख ९३ हजार मुल्य बराबरको कुखुरा तथा चल्लाहरू नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पटना विहारबाट उत्पादन भएका उक्त चल्लाहरू नेपालमा अवैध रूपमा भित्र्याएको हुनसक्ने बताइएको छ । हुसेन लामो समय देखि अवैध भारतीय कुखुराहरू बिक्री वितरणमा संलग्न हुँदै आएको स्थानीय बासिन्दाको उजुरीको आधारमा उक्त अप्रेशन संचालन गरिएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top