क्रोएसियामा यौनहिंसा विरुद्ध हजारौंको प्रदर्शन

२ कात्तिक ७६, आइतबार

३ कात्तिक, जाग्रेबे ।
पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाका विरुद्ध हजारौंले प्रदर्शन गरेका छन् । उनीहरुले यौनहिंसा गर्नेलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

महिला अधिकारवादीहरुको समूहले आयोजना गरेको प्रदर्शनमा सहभागी प्रदर्शनकारीले “महिलालाई न्याय दे, दोषीलाई कारबाही गर” भन्दै नारा लगाएका थिए ।
यसै महिनाको शुरुमा जाडारमा पाँच युवाको समूहले १५ वर्षीया एक युवतीलाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो ।

अदालतले दोषी आरोपी सबैलाई अनुसन्धानका लागि ३० दिन थुनामा राख्न आदेश दिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई पर्याप्त अनुसन्धान गर्न र दोषी पाइए सख्त कारबाही गर्न माग गर्दै हजारौं महिला अधिकारवादी तथा आफन्तहरुले शनिबार राजधानी जाग्रेबको मध्य भागमा प्रदर्शन गरेका थिए ।

Advertisement

प्रदर्शनकरीले “दोषीलाई कारबाही नहुनु आफैँमा अर्को अपराध हो” लेखिएको व्यानर पनि प्रदर्शन गरेका थिए । प्रदर्शनका आयोजकहरुले कानुनको शासन कायम गर्न पनि माग गरेका छन् । उनीहरुले यस मुद्दालाई अर्को अदालतमा लैजानु पर्नेमा जोड दिएका छन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top