मध्य तथा पूर्वी भूभागमा आज दिउँसो सामान्य बदली रहने

३ कात्तिक ७६, सोमबार

४ कार्तिक, काठमाडौं ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको मध्य तथा पूर्वी भूभागमा आज दिउँसो सामान्य बदली रहने तथा पश्चिमी भूभागमा आंशिक बदली रहने जनाएको छ ।

Advertisement

महाशाखाले जारी गरेको सूचनामा पश्चिमी भेगका केही स्थानमा सोमबार बिहानी पखको मौसम सामान्यतया सफा रहे पनि बाँकी भागमा भने बदलीको अवस्था रहेको जनाएको छ । दिउँसो भने पश्चिमी भूभागमा पनि बदली हुने मौसमविदले बताएका छन् । ।

मध्य तथा पूर्वी हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदको भनाई छ । त्यस्तै मौसमविदका अनुसार मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top