सन्दीप ‘द हन्ड्रेड’ क्रिकेटमा झण्डै डेढ करोड मूल्यमा छनोट,गेल र मालिंगा बिकेनन्

एजेन्सी, कात्तिक ४
नेपाली लेग स्पिनर सन्दीप लामिछान अर्को वर्षदेखि सुरु गर्न लागेको नयाँ प्रतियोगिता ‘द हन्ड्रेड’मा छनोट भएका छन् । आइतबार सम्पन्न ‘द हन्ड्रेड’ को ड्राफ्टमा उनलाई ओभल इन्भिन्सिबले छनोट गरेको हो ।

इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले अर्को वर्षदेखि सुरु गर्न लागेको सो प्रतियोगिताका लागि ओभलको टोलीमा अनुबन्धित सन्दीपले मूल्य १ लाख पाउन्ड अर्थात एक करोड ४६ लाखभन्दा बढी नेपाली रुपैँया पारिश्रमिक पाउनेछन् ।

आईतबार उनलाई टोलीले दोस्रो राउन्डको दोस्रो छनोटका रुपमा टोलीमा समेटेको हो । प्रत्येक टोलीले अधिकतम ३ विदेशी खेलाडी मात्र अनुबन्ध गर्ने प्रावधान रहेको छ । उनीसँगै यस रकम समूहमा अष्ट्रेलियाका क्रिस लिन, अफगानिस्तानका मोहमद नाबी, न्युजिल्यान्डका केन विलियमसन र पाकिस्तानका मोहमद आमिर रहेका थिए । सन्दीपसँगै विदेशी खेलाडीका रुपमा ओभलबाट सुनिल नाराइन र फाबियान एलेन रहेका छन् । टोलीमा मार्की खेलाडी साम करन रहेका छन् ।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । हरेक टोलीले आफ्नो स्थानीय मार्की खेलाडी यसअघि नै छनोट गरिसकेका थिए । आइतबार भएको ड्राफ्टमा राशिद खान पहिलो नाम रहेका थिए । उनलाई जो रुट मार्की रहेको ट्रेन्ट रकेट्सले टोलीमा सामेल गरेको थियो । अन्य मार्की खेलाडीमा जोफ्रा आर्चर साउथर्न ब्रेभ, बेन स्टोक्स नर्थर्न सुपरचार्जर्स, जोनी बेरस्टो वेल्स फायर, जोस बटलर म्यानचेस्टर ओरिजिनल्स, रोरी बन्र्स लन्डन स्पिरिट र क्रिस वोक्स बर्मीङ्घम फिनिक्समा रहेका छन् ।

प्रतियोगिताको ड्राफ्टमा ठूला नाम रहेका खेलाडीले आवेदन दिएपनि छनोट हुन भने सकेनन् । विश्व टि–२० क्रिकेटमा सनसनी मच्चाउँदै आएका विष्फोटक ब्याट्सम्यान क्रिस गेल कुनै टोलीमा परेनन् । यस्तै योरकर किङ लासिथ मलिंगा। पाकिस्तानका ब्याट्सम्यान बाबर आजम, दक्षिण अफ्रिकी बलर कागीसो रबाडा, बंगलादेशका शकिब अल हसन तथा वेस्ट इन्डिजका ड्वेन ब्राभो पनि छनोटमा अटाएनन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top