×

NEPAL TIMES UPDATES

Playing
आशाको केन्द्र मानिएका गगन मौनताको ओडारमा || Nepal Times
May 08, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-25-2083 || Nepal Times
May 08, 2026
Playing
प्रधानन्यायाधीश सिफारिस किन विवादमा पर्याे ? नोट अफ डिसेन्टमा के छ ? || Nepal Times
May 08, 2026
Playing
के कोरोना जस्तै हो हान्टा भाइरस ?८ केस भेटियो,१४९ यात्रु क्रुजमै फसे || Nepal Times
May 08, 2026
Playing
के क्यानडालाई ट्रम्पले टुक्र्याउन लागेका हुन् ? जनमतसंग्रह हुँदै|| Nepal Times
May 08, 2026
Playing
World News:होर्मुजमा जहाजको जाम,२० हजार मानिस फसे,क्यानडा टुक्रिन सक्ने|| Nepal Times
May 08, 2026
Playing
लेखापालले बिहेमा हवाइ फायरिङ गरेपछि|| Nepal Times
May 08, 2026
Playing
UAE मा क्षेप्या*स्त्र र ड्रो*न ख*त*रा, नागरिकलाई गराइयो अलर्ट || Nepal Times
May 08, 2026
Playing
गौतमबुद्ध क्रिकेट रंगशाला बजेट अभावले फेरि अलपत्र|| Nepal Times
May 08, 2026
Playing
लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने || Nepal Times
May 08, 2026

पर्यटन वर्ष २०२०ः पाथीभरा कसरी पुग्ने ? पर्यटनमन्त्रीको गृह जिल्ला पर्यटकीय पूर्वाधारमै पछि .(फोटो फिचरसहित)

४ कार्तिक २०७६

४ कात्तिक, ताप्लेजुङ ।

सरकारले पर्यटन वर्ष २०२० को तयारी अन्तिम चरणमा पुर्याईरहेका बेला देशकै प्रमुख पर्यटकीय गन्तब्य बन्दै गएको प्रदेश १ को हिमाली जिल्ला ताप्लेजुङमा अवस्थित धार्मिक पर्यटकीय स्थल पाथिभरा भने पूर्वाधारको अभाव खेपिरहेको छ ।

Advertisement
Advertisement

ताप्लेजुङ सघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईको गृह तथा निर्वाचन क्षेत्र हो । केही वर्ष यता पाथिभरामा धार्मिक पर्यटकको सख्या बढ्दै गएपनि पाथिभरा मन्दिरस्थलसम्म पुग्नका लागि पार गर्नुपर्ने कठिन र जोखिमपूर्ण सडक पूर्वाधारका कारण पर्यटकहरुले सास्ती खेप्नु परेको छ । कठिन र जोखिपूर्ण सडकका कारण बाह्य पर्यटकहरुले दोहोरो भ्रमण तथा आफनोस्थानमा मन्दिरको यात्राका लागि असहज रहेको सन्देश प्रवाह गर्ने देखिएको छ ।

त्याहा विभिन्न माध्यामबाट पाथिभरको महत्व सुनी देवीको दर्शन तथा वातावरणीय अनुभव लिन भारतको हरिद्धारबाट पुगेका विनोद देवले मन्दिरको थप प्रचारको आवश्यकतामा जोड दिए । मैले त मेरो ससुराल झापा रहेको कारणले यहाँको महत्व सुनेर यहाँ आए उनले भने तर मेरो ठाँउमा पाथिभराको बारेमा ज्यादै कमैलाई मात्रै जानकारी छ । हरिद्धार भारतमा मात्रै नभएर विश्वका हिन्दुहरु माझ प्रसिद्ध छ । त्याहा लाखौ पर्यटक पुग्दछन तर यति महत्वपूर्ण स्थल जो वास्तममा अद्भूत छ वातावरणीय रुपमा प्राकृतिक सौन्दर्यमा रम्न रोमान्चित छ, यस्तो स्थानमा आउन पर्यटकहरु लालायित छन उनले भने यसको लागि पूर्वाधार निमार्ण र प्रचार गर्नुपर्याे ।

गत वर्षको भदौदेखि कात्तिक अन्तिमसम्मको देवीको दर्शन गर्ने भ्रमणको सिजनमा एकै दिन १३ हजारसम्मले देवीको दर्शन गरेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । गतवर्ष सिजनमा दर्शनार्थीको भीडका कारण स्वयमसेवकसहित प्रहरी तथा शसस्त्र प्रहरीलाई मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सुरक्षार्थ खटाउनु परेको समितिले जनाएको छ । तर यसपटक भने दर्शनार्थीको सख्यामा कमी आएको समितिले जनाएको छ । भदौ असोजमा पानी पर्नु जसले सडक यात्रा जोखिमपूर्ण हुनु तथा दशै चाडै हुनुले पनि सिजनका सुरुवातमा गतवर्ष भन्दा कम दर्शनार्थी पुगेको स्थानीय होटल ब्यवसायीहरुले बताएका छन ।

विगत ८ वर्षदेखि ताप्लेजुङमा होटल सन्चालन गर्दे आएका होटल आरजुका सन्चालक धनश्याम खड्काले विगतका सिजनमा ताप्लेजुङका होटल भरभिराउ भएर पर्यटकलाई सेवा दिन कठिनाई हुने गरेकोमा यसपटक भने होटल नै खाली रहने गरेको बताए । उनले दर्शन गर्न आउनेहरु अधिकांश पहिलो पटक आउनेहरु रहेको र सडकका कारण निक्कै समस्या भोग्नु परेको सुनाउने गरेको बताए । देश संघीयतामा गएपछाडि तीनै तहको सरकार बनेसँगै विकासमा फड्को मार्ने अपेक्षा गरिएपनि त्यो अनुभव पाथिभरा क्षेत्रमा नदेखिएको सुनसरीको इनरुवाबाट पाथीभरा दर्शन गर्न गएका शिवहरि भट्टराईले बताए ।

 

स्थानीय स्तरबाट विकासका योजना सडक यातायातलाई सहज बनाउने ,दर्शनार्थीलाई सहजता र मन्दिरको प्रचारका लागि उचित कदम चालेको देखिएन उनले भने ३ वर्ष अघिको पाथिभरा र अहिलेको पाथीभराको यात्रामा खास फरक देखिन । प्रदेश १ सरकारले पाथिभरामा केबलकार संचालन गर्ने कुरा बजेट र नीति तथा कार्यक्रममा सुनेको भएपनि कहिलेको कार्यक्रम हो भनी कटाक्ष गरे । पाथीभराकै दर्शन गर्न गएका श्यामहरि भट्टराईले देवीप्रति विश्वास बढेर आएको बताए । सुकेटारदेखि तल्लो फेदीसम्म सडक अत्यन्त जोखिपूर्ण रहेकाले तत्काल मर्मत गर्नुपर्ने उनले बताए । सडकमा ढुङ्गा चुच्चा भएर निस्किएका छन उनले भने सरकारसँग इच्छा शक्ति छ भने तत्काल रोलर लगाएर पहिलो प्राथमिकतामा राख्दै त्याहा पिच गर्न सकिन्छ । उनले पर्यटन वर्षको घोषणा गरेको सरकार र त्यसका पर्यटन मन्त्री रहेको गृह जिल्लामा भएको यो दुर्दशा पर्यटन मन्त्री योगेश भट्टराईले समाधान गर्ने आशापनि ब्यक्त गरेका छन ।

सुकेटारदेखि तल्लोेफेदीसम्मको यात्रा जोखिमपूर्ण


सुकेटार विमानस्थलबाट देउराली, भालुगौंडा र तल्लोफेदी अर्थात सानो फेदीसम्मको सडक यात्रा जोखिमपूर्ण र केही कष्टकर रहेको छ । सडकको ट्रयाक खोलेर सडकको स्वरुप दिएपनि सडकमा ग्राभेलिङ नगर्दा वर्षातको पानीले खाल्डा खुल्डी बनाएको छ भने कतिपय स्थानमा पानी जम्नेगरी सडक भासिएको छ । त्यही केही स्थानमा सडकमा पहिरो गएर तथा माथिबाट पहिरो खसेर सडक साँघुरो बनेको छ । सडकमा यत्रतत्र छरिएका ढुङ्गाले पनि त्याहा सवारी संचालन गर्न निकै कठिनाई हुनेगरेको स्थानीय जीप चालकहरु बताउछन । सुकेटारदेखि केही मिटर माथिसम्म सडक पिच गरिएको छ भने त्यस अगाडिका क्षेत्रमा बाटो बिग्रिएको छ । देउराली, भालुगौंडा हुदै तल्लो फेदीसम्मको सडक पार गर्न डेढ घण्टादेखि अढाई घण्टासम्म लाग्ने गर्दछ । सडक निमार्णधीन अवस्थामा रहेकोले चाडै निमार्णसम्पन्न हुनेमा सवारी चालक विश्वस्त देखिएका छन ।

कसरी पुग्ने पाथिभरा ?


प्रसिद्ध पाथिभरा देवीको मन्दिर ताप्लेजुङ जिल्लाको फुङलिङ बजारदेखि करिब १७ किलोमिटर उत्तरपूर्वमा पर्दछ । यो मन्दिर १२ हजार ४ सय ४६ फिटको उचाइमा एउटा डाँडामाथि अवस्थित छ । यी देवी पाथीमा अन्न भरिएभैंm देखिने एउटा डाँडाको टुप्पामा रहेकी हुनाले यिनको नाम पाथिभरा राखिएको हो । ताप्लेजुङको फुङलिङदेखि नै विगतमा पैदल जानु पर्ने भएपनि अहिले भने सुकेटार विमानस्थलबाट देउराली, भालुगौंडा र तल्लोफेदी अर्थात सानो फेदीसम्म नै स्थानीय सवारी मार्फत नै पुग्न सकिन्छ । फुङलिङदेखि सुकेटारसम्म २० मिनेटमा पुग्न सकिन्छ भने सुकेटारदेखि सानो फेदीसम्म १—२ घण्टा लाग्ने गर्दछ । त्यसपछि पैदल ३–४ घण्टामा देवीको मन्दिरस्थलमा पुग्न सकिन्छ । सुकेटारदेखि सानो फेदीसम्म भने बाहिरका सवारी जाने गरेका छैनन् त्यसैले त्याहाका स्थानीय सवारी नै चढ्नुपर्ने हुन्छ । सुकेटारसम्म पुग्नका लागि भने विराटनगर र काठमाडौंबाट हवाईसेवा तथा झापाको चारआलीदेखि सडक यातायातको सुविधा पनि छ । नागबेली सडक पार गर्दे झापाको बिर्तामोडबाट त्याहा पुग्न करिब २ सय ७० किलोमिटर पार गर्नु पर्दछ ।

पाथिभरा देवीको उत्पत्ति कसरी र कहिले ?


पाथिभरा देवीको उत्पत्ति कसरी र कहिले भयो भन्ने कुरा स्पष्ट छैन । यससम्बन्धी एउटा किंवदन्ती अनुसार, परापूर्वकालमा केही मानिसहरू त्यस भेगमा भेडीगोठ राख्ने र भेडाहरू त्यसै भेगमा चराउने गर्दा रहेछन् । त्यसै बेला गोठका भेडाहरू एकाएक हराउने गरेकाले तिनीहरूले आफना हराएका भेडा पाइऊन् भन्ने कामनाका साथ पाथिभरा देवीको स्तुति र भाकल गरेछन् । त्यसपछि हराएका भेडाहरू एकाएक भेटिन थालेकाले गोठालाहरूले पाथिभरा देवीको नियमित रूपमा स्तुति गर्न लागेछन् । भेडाहरू हराएका बेला एक दिन पाथिभरा देवीले सपनामा दर्शन दिएर एउटा ठाउँमा पूजा गर्नू भन्ने आदेश दिइछन् । गाउँलेहरूले सोही बमोजिम गरेपछि भेडाहरू फिर्ता आएछन् । पाथिभरा देवीको मन्दिरमा बाघमाथि चढेकी भगवतीको मूर्तिका साथै पुरानो मूर्ति पनि स्थापित छ । जतिसुकै बलि चढाए पनि यस मन्दिरमा रगत नदेखिने जनविश्वास छ । यी देवीलाई भक्तहरूले चिताएको कुरा पुर्याउने देवीका रूपमा लिने गरिन्छ । मुख्य गरी त्याहा बोका बलि दिएर यिनको पूजाआजा गर्ने चलन छ । साथै त्याहा होृम गर्ने ब्यवस्था पनि गरिएको छ । ताप्लेजुङका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्तुवुङ“ भनेर चिन्दछन । पाथीभरा मन्दिर धार्मिक हिसाबले जति महत्व रहेको छ प्राकृतिक सन्दरता पनि त्यतिकै भरिपूर्ण छ । पाथीभरा मन्दिरबाट पूर्वी नेपालका पाँच हिमश्रृखलाको दृष्य अवलोकन गर्न पनि सकिन्छ । यहाँको यात्रा गर्दा लाग्दछ मानौ मिठो सपनाको अलौकिक काल्पनिक सुन्दर वगैचामा घुमफीर गरिदैछ । दक्षिणबाट उत्तरतर्फ केही ओरालिएर गएको चउरी फाँटको ठीक पूर्वपट्टि अत्यन्तै कहाली लाग्दो भिरको शीरानमा पाथीभरा देवीको मन्दिर अवस्थित छ । मन्दिरको मुख्य भागमा सिंह माथि आसनगरी वसेकी रक्तकाली देवीको मुर्ति रहेको छ । जुन पाथिभरा देवीको मुर्ति हो । त्याहा पुग्नेहरु मनोकक्षा पूराहुने विश्वास राख्दछन ।

चिसोबाट जोगिने सामाग्री आवश्यक
पाथीभरा निकै उचाइमा रहेकाले यहाँको तापमान प्राय शून्य आसपासको हाराहारीमा रहने गर्दछ । तीर्थयात्री तथा पर्यटकहरुले लेक लाग्ने बिमारी हुनबाट जोगिन घरेलु उपचारको सामाग्रीजस्तै तातोपानी, भुटेको मकै, अदुवा, लसुन, पेय पदार्थ र न्यानो कपडाहरु साथै लान जरुरी छ । उच्च स्थानमा अक्सिजनको पनि कमी हुने, लेक लाग्ने साथै उकालो बाटोले थप थकान हुनाले कतिपयले मकैको सातु खाने दल्ने तथा खाने कपुर हातमा बाँधेर सुघ्ने गर्दछन ।

भरियाको रुपमा युवाहरुलाई रोजगारीको अवसर
ठूलो मनोकांक्षा बोकेर पाथिभर देवीको दर्शन गर्न फुङलिङ, सुकेटार हुदै तल्लो फेदीसम्म पुगेपछि ठूल्लै थकान महसुस हुन्छ । तल्लोफेदीदेखि देवीस्थानसम्म पुग्न हिड्न सक्नेहरुलाई ३ देखि ४ घण्टा लाग्ने गर्दछ । निकै उकालो चिसो,लेक लाग्ने संभावना लगायतका कारणले माथि सम्म पैदल जान नसक्ने अवस्थाकाहरुलाई भने त्याहा भरियाको सुविधा रहेको छ । दुरी अनुसार मानिसलाई अन्दाजी केजीमा रुपान्तरण गरेर तल्लो फेदीदेखि भरियाको सुविधा रहेको छ । उनीहरुले केजीको २ सयका दरले माथि देवी मन्दिर जान चाहने तथा पैदल हिड्न नसक्ने बच्चा,युवादेखि बृद्ध बृद्धासम्मलाई डोकामा वा त्यसै ढाडमा बोकेर माथि पुर्याइदिने गर्दछन । उनीहरुले दर्शनार्थीका झोलाहरु पनि माथिसम्म लग्ने गरेका छन । यस काममा लागि त्यहा ३ दर्जन बढी युवाहरु खटिएका छन ।

देशमा बढेको बेरोजगारी र रोजगारीका लागि विदेश जानुभन्दा आफनै गाँउठाँउमा आफूले सकेको काम गर्दा मनग्गे आम्दानी भएको विगत ३ वर्षदेखि भरियाको काम गरिरहेका ताप्लेजुङका उच्च हिमाली क्षेत्र याङ्माका हर्कमान साम्बाले बताए । उनले पाथिभराक्षेत्रमा काम गरेवापत एकै महिनामा ५५ हजारसम्म कमाएको बताए । सुरु सुरुमा केही गाहे भयो ठूला मानिसहरुलाई बोकेर ठाडो उकालो हिड्न उनले भने तर विस्तारै काम गर्दे गएपछि आफूहरुलाई सहज हुदै गयो । उनले १० किलोका बच्चादेखि ८० किलोसम्मका बयस्क तथा बृद्धहरुलाई बोकेरै माथि पुर्याएको सुनाए । धेरैले खुशीले दुई हजारसम्म तोकिएभन्दा बढी पैसा दिएको उनी सम्झन्छन । ४ जनाको परिवारको घर खर्च जुटाएर आफूले यही काम गरेर छुट्टै घर बनाएको उनले सुनाए । सजुन बस्नेत ताप्लेजुङ लेलेपका अर्का युवा हुन जो विगत १५दिन देखि मात्र त्याहा भरियाको काम गरिरहेका छन । उनीपनि गाँउमा साथीहरु त्याहा काम गर्न आएपछि पछिल्लो समय आएका हुन । सुरुसुरुमा काम गर्न गाहे भएपनि मेहनत अनुसारको पैसा पाउने भएपछि पछिल्लो समय पाथिभराको उकालो,दोहोरिलत्त मानिसको भीडमा आवत जावत गर्न सहज लाग्न थालेको उनले बताए । पढेको पनि त्यति छैन अन्त कहाँ जाने उनले भने १५ दिनमा २ दिन खाली बसे २४ हजार कमाई गरीसके, म यसमै सन्तुष्ट छु ।

Advertisement
Advertisement

ष्ट छु ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top