आङ सान सु ची नेपाल आउने, सरकारले सुरु गर्यो तैयारी

३ कात्तिक ७६, सोमबार

४ कात्तिक, काठमाडौं ।
म्यानमारका स्टेट काउन्सिलर आङ सान सु ची नेपाल आउने भएकी छिन् ।

Advertisement

सरकारले उनको नेपाल भ्रमणको तयारी सुरु गरेको छ । राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सु चीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवर्द्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उनको भ्रमणको तयारी सुरु गरेको हो ।

सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्केका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ म्यानम्यारका स्टेट काउन्सिलर सु कीले नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि नेपाल आउने चाहना राष्ट्रपति समक्ष व्यक्त गरेकाले सरकारले सो भ्रमणका लागि प्रबन्ध गर्ने कामलाई अघि बढाइसकेको जानकारी दिए ।

Advertisement

राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका क्रममा म्यानमारसँग सुपुर्दगी सन्धि नभएको पनि मन्त्री ज्ञवालीले स्पष्ट पारे । राष्ट्रको हितमा उपयुक्त हुने विषयमा मात्रै अन्तराष्ट्रिय सन्धि, सम्झौता गर्ने पनि मन्त्री ज्ञवालीको स्पष्टीकरण थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top