सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

४ कात्तिक ७६, मंगलबार

५ कार्तिक, झापा । झापाका २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

सोमबार राती ८ दुधेबाट शिवगंजतर्फ जादै गरेको मे २ प ३५३९ नम्बरको मोटरसाईकले पैदल यात्री झापाको बुद्धशान्ति गाउँपालिका ३ बस्ने बर्ष ४२ को ईन्द्रबहादुर दंगाललाई ठक्कर दिंदा घाईते भएका दंगालको उपचारको क्रममा मृत्यु भएको हो । उनको बि. एण्ड .सि.अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

मोटरसाईकल र मोटरसाईकल चालक झापाको शिवसताक्षी नगरपालिका–७ बस्ने वर्ष २१को रेमबहादुर बानियाँलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ । यसैगरी झापाको कमल गाउँपालिका–३ कमल पुलछेउमा बस आफै अनियन्त्रित भइ पल्टिदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएका छन् ।

सोमबार राती पौने १२ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख ३०८७ नम्बरको बस आफै अनियन्त्रित भएर पल्टिएको जानकारी पाउना साथ तत्काल प्रहरी चौकी केरखा र ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले दुर्घटनामा परेर गम्भिर घाईते भएका झापाको दमक नगरपालिका–८ बस्ने वर्ष २६ को शंकर पौदार र सोही नगरपालिका–१ बस्ने बर्ष २६ को पप्पु चौधरीलाई उपचारका लागी लाइफलाइन अस्पताल दमक पठाएकोमा शंकर पौदारको बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दुर्घटना भएको बस प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको छ भने बसका चालक र सह–चालक फरार रहेकाले खोजतलास कार्य भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top