कालीगण्डकीमा रहेको एशियाकै ठुलो शालिग्राम जीर्ण बन्दै

५ कात्तिक ७६, बुधबार

६ कात्तिक, तम्घास ।
गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शालिग्राम एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम हो । तर यो शिला संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

शिला शालिग्राम प्रदेश नं ४ र ५ को बीचमा रहेको छ । शालिग्रामलाई कालीगण्डकी नदीले वर्षेनी कटान गर्दा र शिलाको परिक्रमा गर्न नमिल्ने हुँदा पनि संरक्षणमा कसैले चासो नदेखाएको स्थानीयवासी केशवराज न्यौपानेले गुनासो गरे। शिला शालिग्राम विष्णु भगवान्को अवतारका रुपमा रहेको पाइन्छ ।

शालिग्रामभित्र सुन

शिला शालिग्रामको भित्रपट्टि अचम्मको आवाज निस्कने गर्दछ । रातको समयमा प्रत्येक दिन अचम्मको घण्ट बज्ने गरेको कालीगण्डकी गाउँपालिका–२ का चन्द्रकान्त न्यौपानेले बताए ।

उनका अनुसार शिलाको भित्र सुनको खानी रहेको किंवदन्ती छ । राजा महेन्द्रका पालामा शिलाभित्र सुन छ भन्ने थाहा पाएपछि त्यसलाई फुटाउन लागेको सन्दर्भमा महेन्द राजाले रोकेको इतिहास छ ।

धार्मिक महत्व

शिला शालिग्राममा गई पूजा गरेमा मनले आँटेका सबै इच्छा पूरा हुने धार्मिक विश्वास छ । त्सयका कारण कात्तिकको एकादशी, मकर सङक्रान्ति, नववर्ष, असारे ठूला एकादशीमा भक्तजनको अत्याधिक चाप हुने गर्दछ ।

शालिग्रामको अवलोकनका लागि नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गर्दछन् । स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले शिला शालिग्रामको संरक्षणमा आफूको पनि ध्यान नदिएको स्वीकार गरे ।

उनले पर्यटकीयस्थलका रुपमा रहेको शिला शालिग्रामलाई उचित प्रचारप्रसार गरी धार्मिक महत्वका रुपमा विकास गरिने बताए ।

त्यस्तै गुल्मीको कालीगण्डकी गाउँपालिकाका प्रमुख वेदबहादुर थापामगरले शिला शालिग्रामको संरक्षणका निम्ति र त्यसलाई पर्यटकीयरूपमा विकास गर्न गाउँपालिकाले उचित निर्णय लिने बताए ।

थापाले शिलासम्म जानका लागि सडक निर्माण, उचित प्रचारप्रसार र धार्मिक एवं पर्यटकीय रूपमा विकास गर्नका लागि संरक्षण समिति निर्माण गरी काम अगाडि बढाइने बताए । (रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top